माघे खिचेडी मूल समारोह समिति पर्साले आज नेपाल पत्रकार महासङ्घको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ १ गते माघे पर्व धुमधामका साथ...
माघे खिचेडी मूल समारोह समिति पर्साले आज नेपाल पत्रकार महासङ्घको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ १ गते माघे पर्व धुमधामका साथ मनाउने तयारी पुरा भएको कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीले पत्रकार सम्मेलनमा बताएका छन्। माघे खिचिडी मूल समारोह समिति पर्साले हरेक वर्ष आदिवासी थारु समुदायको आउने नयाँ वर्ष २६५० को नयाँ वर्षको शुभकामना आर्दानप्रदान गर्ने कार्यक्रम आयोजना गर्दै आइरहेकोमा यो वर्ष पनि पूर्णरूपमा भव्य रुपमा आयोजना गर्ने उक्त पत्रकार सम्मेलनमा संयोजक चौधरीले बताएका हुन् ।
आदिवासी थारु समुदायको विभिन्न राजनीतिक सामाजिक सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले उक्त माघ १ गते घुम्टो सामाचेकेवा झम्टा थारु पूर्वी नाच थारु समुदायका बालबालिकाद्वारा गीत नृत्य बाल कला प्रदर्शनी गरिने र विशेष गरी घोङ्गी केकडा माछा परेवा हाँस कुखुरा चिचर आदि प्रदर्शनीमा राखिने समेत जनाएको छ। माघ १ गते श्री लक्ष्मीनारायण बनठाको प्रमुख आतित्यमा उक्त कार्यक्रम सम्पन्न गर्ने तयारी भइरहेको आर्थिक समितिका संयोजक नन्दकिशोर पञ्जियारले बताउनुभएको छ। थारु समुदायले ३० गते पावरहाउस चोकदेखि मकालु हुँदै घण्टाघरसम्म मोटरसाइकल रली आयोजना गरी साझा ६ बजे घण्टाघरमा दीप प्रज्वलित गर्ने कार्यक्रम समेत तयारी राखेको जनाएको छ।
१ गते थारु समुदायले रक्तदान कार्यक्रमसँगै विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा सम्पन्न गर्न लागेकोले पर्सा जिल्लामा रहेका सम्पूर्ण आदिवासी जनजाति लगायत तथा अन्य अतिथिहरु उक्त समारोहमा उपस्थित हुन सो पत्रकार सम्मेलन मार्फत संयोजक चौधरीले अपिल गरेका छन् । पत्रकार सम्मेलनमा थारु पत्रकार सङ्घका अध्यक्ष शम्भु महत्व थारु मनोजा चौधरी प्रचारप्रसार संघीय दिपेन्द्र चौधरी श्रीमती पुनम चौधरी सांस्कृतिक संयोजक विजया ओझया दिपेन्द्र चौधरी मनोज चौधरी सुरक्षा संयोजक विकास चौधरी लगायतको उपस्थित रहेको थियो।








COMMENTS