$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

गगन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न उत्कृष्ट कर्मचारी एवं बचतकर्ताहरूलाई सम्मानित गरियो

बीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्याङ्कीमा रहेको गगन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीरगञ्ज पर्साको १३ औँ  वार्षिक साधारण सभा आज आफ्न...



बीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्याङ्कीमा रहेको गगन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीरगञ्ज पर्साको १३ औँ  वार्षिक साधारण सभा आज आफ्नै सभा हलमा सम्पन्न भएको छ। सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष राजेशकुमार रायको अध्यक्षता तथा मधेस प्रदेश प्रस्तावित सङ्घको अध्यक्ष राजेश पण्डितको प्रमुख आतिथ्यमा सो सहकारी संस्थाको १३ औँ  वार्षिक साधारण सभा सम्पन्न भएको हो। प्रमुख अतिथि पण्डितले अहिले सहकारी संस्थाहरू मध्येको यो गगन बचत तथा ऋण सहकारी संस्था पनि बीरगञ्जमा उत्कृष्ट रहेको यसले आफ्ना बचतकर्ताहरू एवं शेरधनीहरूको रकमलाई सुरक्षित तरिकाले रकम सङ्कलन गरी समयमा फिर्ता गर्न सफल भइरहेकोमा आगामी दिनमा थप योभन्दा पनि उपलब्धि हासिल गरुन् भनेर उहाँले सो साधारण सभामा बताउनुभएको थियो।


त्यसैगरी विशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी सङ्घ पर्साका अध्यक्ष हरेराम पटेलले अहिले सहकारी संस्थाहरुलाई कसरी अगाडि बढाउने भन्ने बारेमा संस्थामा रहेका सञ्चालक समितिका सदस्यहरू शेरधनी सदस्यहरु बचतकर्ताहरूले आफ्नो विवेक अनुसार अगाडि बढ्नुपर्ने समय आएको बताएका छन्। सरकारले अहिले विभिन्न नीति नियमहरू निर्माण गरिरहेकोले सहकारी संस्थाहरूलाई निगमन गर्ने नाममा दुःख दिइरहेकोले आफूहरू सचेत र सहज रही काम गर्न अति आवश्यक रहेकोले यस गगन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि सोही नियमको पालना भित्र रहेर काम गर्न सुझाव दिनुभएको छ। 


संस्थाका अध्यक्ष राजेश कुमार रायले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा आ. ब.२०८१/८२ को संस्थाको  वासलात हालसम्म २९ करोड ३७ लाख ६८ हजार २७५ रकम रहेको बताएका हुन्।जब आ. ब. को बारेमा रु २५ करोड १७ लाख ७८ हजार,१३१ रुपैयाँ मात्र थियो। हाल संस्थाले आफ्नो मुनाफा १४ लाख ७९, हजार ९०रुपैया  आम्दामी गर्न सफल भएको अध्यक्ष रायले जानकारी दिनुभएको छ।



 वार्षिक साधारण सभामा बारा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष सत्येन्द्र प्रसाद ठाकुर संस्थाका लेखा सुपरिवेक्षक समितिका अध्यक्ष जयप्रकाश पटेल सदस्यहरू शिवशंकर पण्डित वरकत राय एवं सञ्चालक समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो भने विभिन्न सहकारी संस्थाका पदाधिकारी एवं बचतकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने संस्थाले उत्कृष्ट कर्मचारी उत्कृष्ट ऋणी बचतकर्ता एवं शेरधनी लगायतलाई दोषाल्ला ओदाई सम्मानित गरिएको थियो।सञ्चालक समितिका कोषाध्यक्ष निना श्रीवास्तवले स्वागत मन्तव्य गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव जौलाक इमामले गर्नुभएको थियो उनले संस्थाको उपलब्धि एवं संस्थाले गरेका अहिलेसम्मका विभिन्न प्रगति विवरणहरू प्रस्तुत गर्दै संस्थामा आफ्ना शेयरधनी सदस्य एवं बचतकर्ताहरुलाई संस्थाले अहिले धेरै उपलब्धि हासिल गरेको बताएका छन्।












COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content