$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

(खिचडी) माघी महोत्सव समारोहमा विभिन्न थारु संस्कृति भाषा तथा थारु सम्वत २६५० औँ भव्य रूपमा मनायो।

।। पुर्खाको संस्कृति पुर्खाको भेष भुषा र भाषा नयाँ पुस्ताको पहिचान पहुँच र प्रतिनिधित्वको अभिलाषा भन्ने मूल नाराका साथ माघी (खिचेडी ) मूल सम...


।। पुर्खाको संस्कृति पुर्खाको भेष भुषा र भाषा नयाँ पुस्ताको पहिचान पहुँच र प्रतिनिधित्वको अभिलाषा भन्ने मूल नाराका साथ

माघी (खिचेडी ) मूल समारोह समिति पर्सा बीरगञ्जको आयोजना गरी आगामी माघ १ गते माघे पर्व धुमधामकामा बिहिबार थारु सम्वत २६५० औँ नयाँ सालको शुभ अवसरमा खिचिडी मागी महोत्सव धुमधामका साथ आवासनगर स्थित स्विमिङ पूलमा मनाएको छ। माघी मूल समारोह समिति बीरगञ्ज पर्साका कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीको  सभापतित्व तथा लक्ष्मी नारायण बन्ठाकाे प्रमुख आतिथ्यमा माघी खिचडी मूल समारोह महोत्सव सम्पन्न भएको हो । प्रमुख अतिथि बन्ठाले नयाँ प्रविधि आएसँगै आफ्नो भाषा संस्कार संस्कृति एवं कल्चरहरू लोप हुन लागेकोले यस्ता नयाँ सम्वत पारेर बेलाबखतमा कार्यक्रम गर्न अति आवश्यक रहेको धारणा राख्नुभएको थियो।


 माघी खिचडी मूल समारोह समिति पर्साले हरेक वर्ष आदिवासी थारु समुदायको आउने नयाँ वर्ष २६५० को नयाँ वर्षको शुभकामना आर्दानप्रदान गर्ने कार्यक्रम आयोजना गर्दै आइरहेकोमा यो वर्ष पनि पूर्णरूपमा भव्य  आदिवासी थारु समुदायको विभिन्न राजनीतिक सामाजिक सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले उक्त माघ १ गते मनाइरहँदा अरू समयमा पनि आफ्ना संस्कृतिहरू पहिचानहरूलाई जगेर्ना गर्न यस्ता कार्यक्रमको आवश्यकता रहेको धारणा राख्नुभएको थियो। आफ्ना पुर्खाहरूले अर्जेको यो कला संस्कृति भाषा नृत्य तथा यस्ता विभिन्न परिकारका खानाहरूलाई संरक्षण गर्ने दायित्व अब नयाँ पुस्ताले पनि सहज रुपले जगर्ना गर्न अति आवश्यक रहेको उक्त समारोहमा प्रमुख अतिथि बन्ठाले बताउनुभएको हो। प्रमुख अतिथि बन्ठाले कार्यक्रममा सहभागी भएका प्रमाणपत्रले सम्मानित गर्नुभएको थियो।


 समारोहमा साउथजोन माविका प्रिन्सिपल एवं प्याप्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी ठाकुराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस चिफ कृपा सिन्धु चौधरी मधेस प्रदेशका मन्त्री शंकर चौधरी थारु फाउन्डेसनका प्रकाश थारु मेलमिलाप थारु परिवार एवं थारु शिक्षक समितिका विकास चौधरी मन किशोर पन्जियार मनोज चौधरी मञ्च व्यवस्थापन  समितिका संयोजक एवं अधिवक्ता अमयदास थारु नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फनिज पर्साका अध्यक्ष मनेशकुमार लायो मगर जितपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल  थारु पत्रकार सङ्घका अध्यक्ष शम्भु महत्व थारु प्रभु हस्पिटलका सञ्चालक डाक्टर लक्ष्मी थापा लगायतले आआफ्नो धारणा एवं शुभकामना दिनुभएको थियो। 


माघी खिचडी मूल समारोह समितिको महोत्सवमा थारु समुदायको विभिन्न नृत्य तथा सांस्कृतिक घुम्टो सामाचेकेवा झम्टा थारु पूर्वी नाच थारु समुदायका बालबालिकाद्वारा गीत नृत्य बाल कला प्रदर्शनी गरिएको थियो भने थारु परिकारहरू विशेष गरी घोङ्गी केकडा माछा परेवा हाँस कुखुरा चिचर आदि प्रदर्शनी एवं स्टलहरू राखिएको थियो। उक्त कार्यक्रममा रोशनी श्रेष्ठ सिलो गौतम अभिषेक सिन्या सोनु कुमार दास सुदीप चौधरी किशोरी महतो गरी दुई महिलासहित २६ जनाले रक्तदान गरेका थिए।सांस्कृतिक संयोजक विजया ओझैया र सुरक्षा संयोजक मनोज चौधरीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।














COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content