माघ १ गते वीरगंज २५ सिरिसिया अवस्थित मानव सेवा आश्रम वीरगञ्ज शाखामा नेपाल प्रहरी प्रमुख आइजीपी दानबहादुर कार्की, मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया पर्सा प्रहरी प्रमुख सुदिपराज पाठक ले मानव सेवा आश्रममा आश्रित आमाबुवाहरूको लागि दिउँसोको खाजा सेवा साथै अति आवश्यक खाद्यान्न सामग्री र नगद १० हजार योगदान गर्नुभएको मानवसेवा आश्रम बीरगञ्जका संस्थापक देवेश गुप्ताले जानकारी दिनुभएको छ
कार्यक्रममा मानवसेवा आश्रमको अभिभावक आदरणीय प्रकाश थारुज्यू कमल चौघाईज्यू डा. निरज सिंह डाक्टर प्रिति यादव मौसमी श्रेष्ठ आश्रमका स्वयंसेवक भाइहरू ओमकुमार झा सोनु चौरसिया, पियुष कानुन सुजित गुप्ता प्रधुमन सराफ पवन कलवार आर्यन गुप्ता को उपस्थिति रहेको थियो!!
आइजीपी दानबहादुर कार्कीले बोल्दै मानव सेवा आश्रमले गरेको कार्य अति नै सराहनीय रहेको साथै नेपाल प्रहरीले एकजना प्रहरी चौबिसै घण्टा आश्रममा रहने गरी पठाएको र आउने दिनमा नेपाल प्रहरीको तर्फबाट हुनसक्ने सहयोग र साथ सदैव रहने कुरा जानकारी दिनुभएको छ।



COMMENTS