तामाङ समुदायहरूले आज नयाँ वर्ष २८६२ को अवसरमा सोनाम ल्होछार अर्थात् घोडा वर्गलाई भव्य स्वागत गर्दै सर्प वर्गलाई विदाई गरेका छन्। टाँसी सङ्ग ...
तामाङ समुदायहरूले आज नयाँ वर्ष २८६२ को अवसरमा सोनाम ल्होछार अर्थात् घोडा वर्गलाई भव्य स्वागत गर्दै सर्प वर्गलाई विदाई गरेका छन्। टाँसी सङ्ग थावलिङ्ग बौद्ध गुम्बा भिस्वा १५ वीरगन्ज र तामाङ घेदुङ बीरगञ्ज समितिको संयुक्त आयोजनामा बीरगञ्जको माइस्थान मन्दिरको प्राङ्गणबाट अध्यक्ष रामबहादुर लामाको नेतृत्वमा प्रभात फेरी र्याली निकाली टाँसीसङ्ग थावालिङ्ग बौद्ध गुम्बा भिस्वा १५ मा पुगेर कोणसभामा परिणत भएको थियो। कोण सभापछि तामाङ समुदायका धर्मगुरु प्रमुख प्रेम लामा पाख्रिङको नेतृत्वमा सुभास लामा स्याङताङ धावा लामा मोक्ताङ बुद्ध लामा लगायतले आजको दिन घोडा वर्ग लाई स्वागत गर्ने क्रममा सम्पूर्ण १२ वर्गका ग्रहहरूलाई समेत फ्याक्ने चलन रहिआएको अध्यक्ष रामबहादुर लामाले जानकारी दिनुभएको छ।
तामाङ समुदायहरूले विभिन्न आफ्ना भेषभुषामा सजिएर आफ्ना नृत्यहरू एवं सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरेर मनोरञ्जन गरेका थिए। कार्यक्रममा उपाध्यक्ष उमेश लामा सचिव गणेश लामा कोषाध्यक्ष रामकुमारी घिसिङ सहसचिव टेम्पा शेर्पा सल्लाहकार छेदुक लामा। सुन्दर श्रेष्ठ संगीता लामा एवं तामाङ समुदायहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेपाल सरकारले विभिन्न भाषा धर्म संस्कृतिहरूको सम्मान गर्ने क्रममा आज तामाङ समुदायको सोनाम लोछारको दिन सार्वजनिक विदा समेत दिएको छ।







COMMENTS