सनराइज नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ वार्षिक साधारण सभा आज आफ्नै कार्यालयको भवनमा भव्य रुपमा सम्पन्न भएको छ। सनराइज नेपाल ब...
सनराइज नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ वार्षिक साधारण सभा आज आफ्नै कार्यालयको भवनमा भव्य रुपमा सम्पन्न भएको छ। सनराइज नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दीपकराज भण्डारीको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष भण्डारीले संस्थाको सेयर पूँजी २ करोड ४२ लाख ७, हजार ४०० सय रहेको जानकारी दिनुहुँदै अब० ८१/ ८२ मा रु २४ करोड ३३ लाख ५ हजार निक्षेप रहेको अध्यक्ष भण्डारीले उक्त साधारण सभामा बताउनु भएको हो।
संस्थाले हाल ऋण लगानी रु १९ करोड३९ लाख ९१ हजार १९७ रहेको बताएका छन् संस्थाले खुदनाफा ४६ लाख १२ हजार २९ रुपैयाँ आम्दामी गर्न सफल भएको छ। अध्यक्ष भण्डारीले विभिन्न कोरोनाकालदेखि बन्दा हड्ताल र देशको परिस्थितिलाई सामना गर्दै संस्था अगाडि बढिरहेको बताएका छन्। उनले संस्था जस्तोसुकै परिस्थिति आए पनि आफ्नो सदस्यहरुको आर्थिक समृद्धि गर्ने जानकारी दिनुभएको छ।
अध्यक्ष भण्डारीले अहिले संस्थाले आफ्नो सदस्यहरुकोहरु हकहितको लागि विभिन्न प्रकारका योजनाहरू ल्याउने काम गरेको बताएका छन् संस्थाले विभिन्न सामाजिक क्षेत्रमा उल्लेख्ने योगदान दिएका जेष्ठ नागरिक संस्थाका उत्कृष्ट कर्मचारीहरू एवं शेरधनी बचतकर्ताहरू गरी छ जनालाई दोसल्ला र मायाको चिनोले सम्मानित गरिएको थियो।
वार्षिक साधारण सभामा संस्थाका प्रबन्धक अनिल कुमार मानन्धर सचिव पुष्पलाल महर्जन उमेश। नारायण मानन्धर तथा सञ्चालक समितिका पदाधिकारी शेरधनीहरू बचतकर्ताहरू उल्लेख्ने उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण संस्थाका दीपिका श्रेष्ठले गरेकी थिइन्।










COMMENTS