बीरगञ्ज महानगरपालिका वार्ड नं १५ मा रहेको नवद् वीप एकेडेमी स्कुलको १३ औँ वार्षिक उत्सवको अवसर पारेर आज सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नवदिप एकेडेमी स्कुलकी सञ्चालिका एवं प्रिन्सिपल सुशीला शाहको सभापतित्व तथा प्याप्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीको प्रमुख आतिथ्यमा सो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले यस नवदिप स्कुलले आफ्नो वार्षिक उत्सवको अवसर पारेर आज र भोलि सांस्कृतिक एवं विभिन्न खेलकुद कार्यक्रमहरू आयोजना गरेर एउटा नमुनाको रुपमा आफूलाई प्रस्तुत गरिरहेको बताएका छन्। यस नवदिप स्कुलले हरेक क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गरेर खेलकुद सांस्कृतिक एवं अतिरिक्त क्रियाकलापमा समेत अब्बल राख्दै शिक्षा क्षेत्रमा हेर्दा धेरै नै उपलब्धि हासिल गर्न सफल भएको प्रमुख अतिथि चौधरीले सो वार्षिक उत्सव समारोहमा बताउनुभएको हो। उनले भने यस विद्यालयले वर्षभरि गर्ने एक्टिभिटीहरूलाई आजको दिन आफ्ना अभिभावकहरू मार्फत प्रत्यक्ष अवलोकन र हेर्न पाउने भएकोले यसलाई अभिभावकले कस्ता विद्यालयहरूमा आफ्ना नानीहरू अध्ययन गरिरहेको छ भन्ने विषयमा समेत जानकारी पाउन सकिने बताउनु भएको थियो।
वार्षिक उत्सव समारोहमा प्याप्सनका केन्द्रीय सदस्य छेदुप लामाले विद्यालयमा अभिभावकहरूले आफ्ना नानीहरूलाई अहिले मोबाइल प्रयोग गर्नु दिनुले अध्यापनमा रुचि कम देखाएकोले यस्ता विषयमा अभिभावक हरु सहजक रहन अनुरोध गर्नुभएको थियो। कार्यक्रममा प्याप्सन जिल्ला कार्यसमिति सदस्य मञ्जु रानाभाट लायन्स क्लबका बासु तिमल्सिना श्याम गुप्ता जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई लगायतले आआफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजीकरण नयाँ अग्रवाल सौरुपा पौडेलले गरेकी थिइन्।











COMMENTS