ब्रह्मकुमारी राजयोग सेवा केन्द्र को आयोजनामा आज प्रजापिता ब्रह्ममा कुमारी ईश्वरीय विश्व विद्यालयका साकार संस्थापक पिता श्री ब्रह्ममा बाबाको ...
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र को आयोजनामा आज प्रजापिता ब्रह्ममा कुमारी ईश्वरीय विश्व विद्यालयका साकार संस्थापक पिता श्री ब्रह्ममा बाबाको पुण्य स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली एवं स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ। ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र का क्षेत्रीय सञ्चालिका रविना दिदीको सभापतित्व तथा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरीको प्रमुख आतिथ्यमा सो श्रद्धाञ्जली एवं स्नेह मिलन कार्यक्रम सम्पन्न भएको हो।
प्रमुख अतिथि मन्त्री चौधरीले प्रजापिता ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालयका साकार संस्थापक पिताश्री ब्रह्ममा बाबाको पुण्य स्मृति दिवसमा उहाँले शान्ति को लागि जसरी अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनुभएको योगदानलाई सबैले आत्मसाथ गर्दै जानुपर्ने धारणा राख्नुभएको थियो। जहाँ पनि शान्ति र अशान्ति दुवै रहने भएकोले अशान्तिलाई छोड्दै शान्तिको दूतमा अगाडि बढ्न सबैको कर्तव्य र जिम्मेवारी रहने भएकोले यो ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले पनि शान्तिको बाटोमा जसरी ब्रह्मा बाबाले देखाउनुभएको बाटोलाई सबैले अँगाल्न जरुरी रहेको बताउनुभयो। अहिलेको समयमा यस्ता विषयमा विभिन्न ठाउँबाट लाग्नुपर्नेमा मन्त्री चौधरीले जोड दिनुभएको हो।
श्रद्धाञ्जली एवं स्नेह मिलन कार्यक्रममा वीरगंज उद्योगवाणिज्य संघका अध्यक्ष हरि गौतम नेपाल सोसाइटीका उपसभापति मधु राणा श्याम पोखरेल प्रकाश थारु जोगनु राज्य लक्ष्मी शाह प्रमुभ दयालु कन्डोई लगायतले आआफ्नो धारणा राख्नुभएको थियो। गोकुल भाइले प्रजापिता ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालयका साक्षर संस्थापक पिताश्री ब्रह्ममा बाबाको बारेमा उपस्थित भएकाहरूलाई जानकारी गराउनुभएको थियो। कार्यक्रमको धन्यवाद ज्ञापन गुणराज भाइले गर्नुभएको थियो भने सो कार्यक्रमको सहजीकरण गोवर्धन भाइले गर्नुभएको थियो।











COMMENTS