पर्सा क्षेत्र नम्बर १ बाट सांसदका उम्मेदवार नेपाली कांग्रेसका अनिल रुङटा अहिले विभिन्न ठाउँहरूमा पूजापाठ पुगी आशीर्वाद प्राप्त गर्दै जनताको घरदैलो अभियानमा व्यस्त रहेका छन्। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर पर्सा क्षेत्र नम्बर १ बाट संसदमा प्रवेश गर्ने तयारी गरिरहेका छन्। उनले जनताको नीति निर्माण तयार गर्न आफू यहाँबाट प्रत्यक्ष तर्फबाट सांसद बन्न लागेकोले नेपाली जनताहरूले आफूलाई भारी मतले विजय गरेर पठाउनमा आफू ढुक्क रहेको बताएका छन्। उनले भने अरुले के गरे कसो गरे त्यस विषयमा आफू कुनै टिक्का टिप्पणी नगर्ने तर आफू केका लागि जाने र के गर्ने भन्ने विषयमा मात्रै आफूले उक्त कुराहरू जानेकोले जनता समक्ष एकपटक विजयी गरेर सांसदमा विजयी गराउन उनले अपिल गरेका छन्। पर्सा क्षेत्र नम्बर १ का जनताहरू सचेत नागरिक भएकोले जहिले पनि परिवर्तन खोज्ने क्रममा यो वर्ष जनताको अपेक्षा र अनुभूति परिवर्तन खोजेकाले आफूले उक्त विकल्पको रुपमा उम्मेदवारी दिएको रुङटाको भनाइ रहेको छ।
उनले भने मधेशमा मधेसी दलहरूले भन्दा पनि आफूले संसदमा पुगेर जनताको हितका लागि नीति नियमहरू तयार गर्ने र अपाङ्ग घाइते तथा महिला आदिवासी मुस्लिम समुदायको हकहितका निम्ति संविधान संशोधन मार्फत आफ्ना अधिकारहरु सुनिश्चित गर्न पहल गर्ने आफ्नो लक्ष्य रहेको रूङटाको भनाइ रहेको छ । हिजो मात्र उनले सम्पर्क कार्यालय स्थापना गरेर आज श्री गवामाई मन्दिरमा पुगेर आशीर्वाद लिँदै उहाँले चुनावी अभियान सुरुवा गर्नुभएको हो। उनले भने पर्सा क्षेत्र नम्बर १ का जनताहरूले पनि यसपटक आफूलाई मत दिएर विजय गराउन सुनिश्चित देखिएको बताउँदै एकपटक आफूलाई भारी मत दिएर विजय गराउन सम्पूर्ण नगरवासीहरूलाई अपिल समेत गरेका छन्।
चुनावी अभियानलाई तीव्र पार्न उनले यसअघिका सांसदका उम्मेदवार अजय दुवेदीलाई मुख्य जिम्मेवारी दिएकाले यसपटक पर्सा क्षेत्र नम्बर १ मा अनि रुमटाको जित सुनिश्चित रहेको दुवेदी बताएका छन्।




COMMENTS