प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन पर्सा अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन चार खेलहरू सम्पन्न भएका छन्। सम्पन्न खेलहरूमा गौतम माध्यमिक विद्यालय, मुनलाईट माध्यमिक विद्यालय, सफल एकेडेमी र ठोरी एकेडेमीले शानदार जित हात पारेका छन्।
पहिलो खेलमा गौतम माध्यमिक विद्यालयले सेन्ट जेभियर्स स्कुललाई ४–० गोलअन्तरले पराजित गर्यो। गौतमको जितमा राज कर्णले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याचको उपाधि जिते।
दोस्रो खेलमा मुनलाईट माध्यमिक विद्यालयले सूर्योदय स्कुलमाथि एकतर्फी खेल प्रदर्शन गर्दै १०–० गोलको फराकिलो जित निकालेको छ। मुनलाईटका प्रिन्स आले मगर उत्कृष्ट खेल प्रस्तुत गर्दै म्यान अफ द म्याच घोषित भए।
तेस्रो खेलमा सफल एकेडेमीले श्री आदर्श माध्यमिक विद्यालयलाई ७–० गोलअन्तरले पराजित गर्यो। सफल एकेडेमीका लक्की चौधरी उत्कृष्ट प्रदर्शनका लागि म्यान अफ द म्याच बने।
चौथो तथा अन्तिम खेलमा ठोरी एकेडेमीले न्यु वेभ एकेडेमीलाई ६–० गोलअन्तरले हराउँदै प्रभावशाली जित दर्ता गर्यो। ठोरी एकेडेमीका यवेश राई म्यान अफ द म्याच घोषित भएका थिए।





COMMENTS