जन संरक्षण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औ वार्षिक साधारण सभा आज कन्टिनेटल होटलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दिलिप कुमार चौरसि...
जन संरक्षण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औ वार्षिक साधारण सभा आज कन्टिनेटल होटलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दिलिप कुमार चौरसियाको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ पर्साका अध्यक्ष हरेराम पटेलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वडा नम्बर १६ का वडा अध्यक्ष परशुराम चौरसिया संजय यादव विजय कुशवाहा तथा विभिन्न सञ्चालक समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
साधारण सभामा विभिन्न उत्कृष्ट कर्मचारी एवं बचतकर्ताहरूलाई संस्थाले मायाको चिनो दिएर सम्मानित गरिएको थियो। संस्थाका प्रबन्धक नरेश कुमार चौरसियाले संस्थाको बारेमा विभिन्न विषयवस्तुमा उठेका जिज्ञासाहरु राख्न साथै संस्थाले गरेका आय आर्जनहरूको बारेमा समेत विस्तृत रुपमा प्रस्तुति गर्नुभएको थियो। संस्थाले वार्षिक रूपमा गरेका उपलब्धिहरू र सोको समीक्षाको बारेमा समेत प्रतिवेदन मार्फत उल्लेख गर्नुभएको थियो। संस्थाका लेखा संयोजक रन्जित वर्णवालले आयव्य प्रस्तुत गर्नुभएको थियो। भने कार्यक्रमको स्वागत मन्तव्य रागिनी कर्णले गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका छन्।






COMMENTS