$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

लिटिल बडी प्रि स्कुलले ३५ औँ प्याप्सन दिवसको अवसरमा विभिन्न खेलकुद कार्यक्रम शुरु ३ वर्षको अवधिमा धेरै उपलब्धि हासिल गरेको प्याप्सन नगर सचिव अमित आलोकले बताए।

बीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानी ट्याङ्कीमा रहेको लिटिल बडी प्री स्कुलले बिहीबार प्याप्सनको ३५ औँ स्थापना दिवसको अवसरमा वार्षिक खेलकुद ...




बीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानी ट्याङ्कीमा रहेको लिटिल बडी प्री स्कुलले बिहीबार प्याप्सनको ३५ औँ स्थापना दिवसको अवसरमा वार्षिक खेलकुद कार्यक्रम आयोजना गरेको छ। little body free school लिटिल बडी प्री स्कुलका प्रिन्सिपल विजय बलको सभापतित्व तथा सनसाइन बोर्डिङ स्कुलका सञ्चालक एवं प्याप्सन महानगर सचिव अमित आलोकको प्रमुख अतिथिमा सो वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको हो।


 महानगर सचिव अमित आलोकले दीप प्रज्वलित गर्दै उनले यो लिटिल बडी प्रिस्कुले ३ वर्षको अवधिमा धेरै बालबालिकाहरूको चेतनामा विकास ल्याउनुको साथै बालबालिकाहरूको हेरचाह गर्ने वातावरणमा धेरै सुधार देखिएको र यसले विद्यालयको धेरै उपलब्धि हासिल गर्न सफल भएको सचिव अमित आलोकले बताएका छन्। बीरगञ्जमा यस्ता शासना बालबालिकाहरूलाई पढाउने वातावरण कमै मात्रामा भएतापनि यस लिटिल बडी प्री स्कुलले सानासाना बालबालिकाहरूको मानसिक शारीरिक तथा भौतिक वातावरणमा धेरै सुधार गरी अगाडि बढाउने काम गरेकोमा यसले आगामी दिनहरुमा थप यो भन्दा पनि उपलब्धि गरुन् भनेर उहाँले शुभकामना दिनुभएको छ।


 विबार पिजी नर्सरी का सासाना नानीहरूले विभिन्न खेलकुद तथा नृत्यहरू प्रस्तुत गरेका थिए भने व्यवहार पिजी र नर्सरीका बालबालिकाहरूले विभिन्न खेलकुद तथा नृत्यहरू प्रस्तुत गरेका थिए। शुक्रबार एलकेजी युकेजीको कार्यक्रमको आयोजना हुने प्रिन्सिपल विजय बलले जानकारी दिनुभएको छ।


 वार्षिक खेलकुद कार्यक्रममा मौन मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव जनभण्डापुर दैनिकका कार्यकारी सम्पादक जगत राई खेल प्रेमी विषम विश्मबर मल्ल पत्रकार दिपु वर्णवाल शिक्षिका रिया रौनियार लगायतले आआफ्नो शुभकामना दिनुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य सुप्रिया पौडेलले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण स्वेता गुप्ताले गरेकी थिइन्।
















COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content