जीवन ज्योति सेकेन्डरी स्कुल का सञ्चालक एवं प्रिन्सिपल शिवजी गुप्ताले आफ्नो आमाको सम्झनामा ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल कप प्रतियोगिता आगामी २१ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्न लागेको आज पत्रकार सम्मेलन मार्फत प्रिन्सिपल शिवजी गुप्ताले सार्वजनिक गर्नुभएको छ । प्रिन्सिपल गुप्ताले बताएअनुसार आफ्नो स्वर्गीय आमा ज्ञानुदेवी को नाममा हरेक वर्ष केही न केही विभिन्न असाहाय तथा विपन्न हरूलाई सहयोग प्रदान गर्दै आइरहेकोमा यो वर्ष देखि पहिलो संस्करणको ज्ञानुदेवी मेमोरियल फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको सो पत्रकार सम्मेलनमार्फत उहाँले जानकारी दिनुभएको छ। ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल कपमा १२ वटा विद्यालयहरूको सहभागिता गराउने प्रयास गर्ने क्रममा अन्तमा १६ वटा विद्यालयहरूले उत्सुकता जनाएपछि आफूहरुले समेट्ने काम गरेको उक्त पत्रकार सम्मेलनमा गुप्ताले बताएका हुन्।
ज्ञानु देवी मेमोरियल जुनियर फुटबल कपको प्रतियोगितामा जीवन ज्योति सेकेन्डरी स्कुल माउन मकालु बोर्डिङ स्कुल सनलाइन स्कुल फ्लावर आरएस ग्यालेक्सी स्कुल मनकामना स्कुल सनसाइन बोर्डिङ स्कुल मालनी एकेडेमी विद्या सदन सेकेन्डरी स्कुल र ओम नेसनल एकेडेमी सहभागिता हुने सो पत्रकार सम्मेलन मार्फत प्रिन्सिपल गुप्ताले बताउनु भएको छ। पत्रकार सम्मेलनमा सिनियर कोर्डिनेटर चन्दन सिंह कोडिनेटर एवं शिक्षिका दीपा थापा sport प्रशिक्षक प्रदीप तिवारी सहजकर्ता उज्ज्वल घिमिरे लगायतको उपस्थिति रहेको थियो।





COMMENTS