$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न उत्कृष्ट कर्मचारी तथा शेरधनीहरूलाई सम्मानित गरियो।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५, ड्राइपोटमा अवस्थित लाली गुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन...



वीरगञ्ज महानगरपालिका वडा नम्बर २५, ड्राइपोटमा अवस्थित लाली गुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष हरेराम पटेलको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट शेयरधनी, उत्कृष्ट ऋणी तथा विभिन्न सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई दोसल्ला ओढाई तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा अध्यक्ष पटेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनका रणनीति, योजना तथा लक्ष्यबारे स्पष्ट जानकारी गराउनुभएको थियो। उहाँले ग्रामीण क्षेत्रका बचतकर्ताहरूको बचत सुरक्षित राख्ने, आवश्यकता परेको बेला तत्काल रकम उपलब्ध गराउने र बैंकसम्म धाइरहनु पर्ने समस्याको समाधान सहकारीले गरिरहेको बताउनुभयो।

अध्यक्ष पटेलले सडकमा मकै पोल्ने, ठेलागाडीमा समोसा बेच्ने जस्ता साना व्यवसायीहरूको दैनिक बचत संकलन गरी एकमुष्ट रकम उपलब्ध गराउने र आवश्यक परेमा सहज रूपमा ऋण प्रवाह गर्दै आएको जानकारी दिनुभयो। संस्थाले छोटो अवधिमा धेरै उपलब्धि हासिल गर्न सफल भएकोमा यहाँहरुको साथ र सहयोगले संस्था अगाडि बढिरहेको बताउदै आगामी दिनहरुमा समेत यो भन्दा धेरै राम्रो गरेर लैजाने अध्यक्ष पटेलले प्रतिबद्धता जनाउनु भएको छ।अहिले  संस्थाले विभिन्न देशहरू बाट पठाइएको रकम तुरुन्त उपलब्ध गराउने व्यवस्था मिलाएको र प्रविधिको प्रयोगमार्फत मोबाइल बैंकिङ सेवा, एप, एसएमएसलगायत आधुनिक सेवासुविधा प्रदान गर्दै आएको पनि उल्लेख गर्नुभयो।

साधारणसभामा संस्थाको आय–व्यय विवरण तथा वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको जानकारी संस्थाका श्रीकान्त पटेलले दिनुभयो।

कार्यक्रममा संस्थाका सञ्चालक समिति पदाधिकारीहरू, शेयरधनी सदस्यहरू तथा विभिन्न शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content