$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

बीरगंज बचत तथा ऋण सहकारी संस्थाको विस्को लिमिटेडको २७ औँ वार्षिक साधारणसभा सम्पन्न उत्कृष्ट व्यक्तिहरूलाई सम्मानित ।

बीरगञ्ज महानगरपालिका वार्ड नं ८ लिङरोडमा रहेको बीरगञ्ज बचत तथा ऋण सहकारी संस्था ( विस्को)  लिमिटेडको २७ औँ वार्षिक साधारण सभा आज स्थानीय होट...


बीरगञ्ज महानगरपालिका वार्ड नं ८ लिङरोडमा रहेको बीरगञ्ज बचत तथा ऋण सहकारी संस्था ( विस्को)  लिमिटेडको २७ औँ वार्षिक साधारण सभा आज स्थानीय होटल रोयल पार्टी प्यालेसमा सम्पन्न भएको छ। सबैका लागि सधैँका लागि भन्ने मूल नाराका साथ वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडका अध्यक्ष दिल्ली विक्रम कार्कीको सभापतित्व तथा पूर्व अध्यक्ष प्रमेश प्रसाद आमातेको प्रमुख अतिथिमा उक्त २७ औँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन गर्दै आममात्यले भने कुनै पनि सहकारी संस्थामा आफूले पहिला अनुगमन गर्ने र यो संस्था कस्तो छ आफूले बचत गरेको रकम सुरक्षित हुन्छ कि हुँदैन भन्ने बारेमा जानकारी लिएर मात्र बचत गर्न अनुरोध गर्नुभएको थियो।


 सानासाना पूँजी हरूलाई सङ्कलन गरी बचत गर्ने बानी राख्नुपर्ने र सहकारी संस्था भनेको कुनै पनि व्यक्तिको नभई सबै सदस्यहरूको उत्तिकै अधिकार रहने भएकोले बेलाबखतमा संस्था के कस्तो तरिकाले सञ्चालन भइरहेको छ कि छैन भन्ने बारेमा समेत चियो चर्चा गर्न अति आवश्यक रहेको प्रमुख अतिथि साधारण सभामा बचतकर्ताहरुलाई अपिल गर्नुभएको थियो। वार्षिक साधारण सभामा ामाजिक क्षेत्रमा योगदान पुर्‍याउने असल ऋणहरू असल बचतकर्ताहरू एवं असल काम गर्ने कर्मचारी गरी एक दर्जनभन्दा धेरैलाई संस्थाले दोसल्ला एवं मायाको चिनोले सम्मानित गरेको थियो। 


वार्षिक साधारण सभामा संस्थापक उपाध्यक्ष विनोद प्रधान ठाकुराम बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक हरि वैध डाक्टर श्यामसुन्दर दास डाक्टर अशोक दास सञ्चालक समितिका सदस्य हिरागिरी सञ्चालक समितिका उपाध्यक्ष मृत्युञ्ज झा पूर्व सञ्चालक समितिका सदस्य मृदुजो अर्याल पत्रकार विजय भण्डारी लगायतले शुभकामना एवं आआफ्नो धारणा राख्नुभएको थियो। वार्षिक साधारण सभामा सचिव गोविन्द प्रसाद श्रेष्ठले सांगठनिक प्रतिवेदन एवं संस्थाको वार्षिक आयव्य  प्रस्तुति दिनुभएको थियो। उनले सांगठनिक प्रतिवेदन एवं आयव्यय प्रस्तुत गर्ने बेलामा संस्थाले विभिन्न उतार चढाउ गर्दै अहिले सत्ताइसौँ वर्षमा प्रवेश गरी संस्था अहिले राम्रो तरिकाले सञ्चालन भइरहेको सदस्यहरूलाई जानकारी दिनुभएको छ। कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष नागमणि उपाध्यायले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।




















COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content