ज्ञानन्दा एकेडेमी प्लस टु कलेजले आज कक्षा ११ मा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीहरूलाई नगद तथा प्रमाणपत्रले सम्मानित गरिएको थियो। ज्ञानदा एक...
ज्ञानन्दा एकेडेमी प्लस टु कलेजले आज कक्षा ११ मा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीहरूलाई नगद तथा प्रमाणपत्रले सम्मानित गरिएको थियो। ज्ञानदा एकेडेमी प्लस टु कलेजका प्रोफेसर एवं प्रिन्सिपल राजेन्द्र कोइरालाको सभापतित्व तथा सर्नु प्राध्यापक विनोद नेताको प्रमुख आतिथ्यमा सो कक्षा ११ का उत्कृष्ट भएका विद्यार्थीहरूलाई नगद तथा प्रमाणपत्रले सम्मानित गर्नुभएको थियो। प्रमुख अतिथि मेहताले विद्यार्थीहरू सबै शिक्षामा अब्बल हुन्छ भन्ने छैन हरेक क्षेत्रमा आआफ्नो रुचि रहने भएकोले केवल महँगो कलेज र महँगो स्कुलमा पढाएर मात्रै नहुने त्यसका लागि अभिभावकहरुले विद्यार्थीहरूको रुचि र उद्देश्य बुझ्न जरुरी रहेको बताएका छन्।
उनले भने विद्यार्थीहरूलाई केवल अध्ययनमा मात्र सीमित नभएर अन्य क्रियाकलापहरुमा पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने भएकोले हरेक विद्यार्थीहरूको आफ्नो अतिरिक्त क्रियाकलाप पठनपाठनसँगै हरेक क्षेत्रमा आआफ्नो रुचि रहने भएकोले अभिभावकहरूले ध्यान दिन जरुरी रहेको बताएका छन्।। उनले भने सबै किताबी ज्ञानले मात्रै भरिपूर्ण नहुने भएकोले अन्य क्रियाकलापमा पनि उत्तिकै महत्वपूर्ण विद्यार्थीहरूको भूमिका रहने बताएका छन्।
प्रिन्सिपल कोइरालाले आफूले यस ज्ञानदा एकेडेमी कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरूको हरेक गतिविधिलाई ध्यानमा दिएर विद्यार्थीहरूको नेतृत्वसँगै अन्य क्रियाकलापमा पनि महत्वपूर्ण भूमिका खेल्ने अवसर प्रदान गर्ने बताउनु भएको छ। कक्षा ११ मा पास भएका उत्कृष्ट विद्यार्थीहरूले नगद मेडल प्रमाणपत्रले सम्मानित गर्दै हरेक विद्यार्थीहरू यस्तै उत्कृष्ट र अब्बल रहन शुभकामना समेत दिनुभएको थियो।












COMMENTS