बीरगंज महानगरपालिका वार्ड नम्बर ८ लिङरोडमा रहेको वैष्णो देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा आज होटल डायमण्डमा...
बीरगंज महानगरपालिका वार्ड नम्बर ८ लिङरोडमा रहेको वैष्णो देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा आज होटल डायमण्डमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थामा हाल सेयर सदस्य सङ्ख्या २२३५ जना पुगेको उनले बताएका हुन्। भने समितिको तर्फबाट संयोजक श्यामकुमार सिंह डंगोलले अ.ब. ०८१/८२ को वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
संस्थाका कोषाध्यक्ष दीपक मान श्रेष्ठले संस्थाको विभिन्न आयव्ययको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। वार्षिक साधारण सभामा सञ्चालक समितिहरू सुमित गुप्ता उत्तमकुमार कानु रञ्जन अग्रसेन रोशनी श्रेष्ठ caption मधेस प्रदेशका उपाध्यक्ष पुरण प्रधान हिसानका जिल्ला उपाध्यक्ष आलोक चौरासिया प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव सदस्य विजयबल र लेखा समिति संयोग श्यामकुमार सिंह डंगोल लेखा परीक्षक अनिलकुमार कर्ण तथा सेयर सदस्यहरू एवं विभिन्न बचतकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वैष्णो देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुको साथै संस्थाको बारेमा जानकारी गराउनुभएको थियो उनले बताएअनुसार संस्थाले अहिले सासाना पुँजीहरूलाई सङ्कलन गरी बचतकर्ताहरूलाई समयमा बचत फिर्ता गर्नुको साथै उनीहरुलाई आवश्यक परेको बेलामा ऋण लगानी गरेर संस्था अगाडि बढिरहेको समेत बताउनुभएको छ। संस्थाले बचत मात्र नभएर विभिन्न सामाजिक उत्तरदायित्वमा पनि अहम भूमिका खेल्दै आइरहेको बताएका हुन्। उनले अहिलेको विषम परिस्थितिमा पनि संस्थाले आफ्नो कारोबारलाई निरन्तरता दिँदै संस्था अगाडि बढिरहेको उक्त साधारण सभामा उपस्थित भएका सम्पूर्णलाई जानकारी गराउनुभएको थियो। संस्थामा काम गरेका उत्कृष्ट कर्मचारीहरू एवं शेरधनीहरूलाई सम्मानित समेत गरिएको प्रबन्धक श्रेष्ठले जानकारी दिनुभएको छ।










COMMENTS