पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर २ मा रहेको कालिकामाई एकेडेमी स्कुलको दशौँ वार्षिक उत्सव आज एक समारोहको बीच भव्य रुपमा सम्पन्न भएको छ। कालिकामाई गाउँपालिका वार्ड नं २ भेडियाई मा रहेको उक्त कालिकामै एकेडेमी स्कुलका प्रिन्सिपल राजकुमार प्रसाद चौरसियाको सभापतित्व तथा कालिकामै गाउँपालिका वडा नम्बर २ का वडा नं २ का वडा अध्यक्ष सोनालाल प्रसाद चौरासियाको प्रमुख अतिथिमा सो दशौं वार्षिक उत्सव सम्पन्न भएको हो। दशौँ वार्षिक उत्सवको उक्त विद्यालयको उद्घाटन गर्दै अब हरेक पालिकाले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरूमा समेत अब्बल भूमिका खेल्न पालिका दिनरात लागि परेको वडा अध्यक्ष चौरसियाले बताएका छन्। त्यसैगरी माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले भने प्याप्सन सँग आबद्ध भएर यो कालिकामाइ एकेडेमी स्कुल अहिले प्याप्सनसँग आबद्ध भएपछि विभिन्न अतिरिक्त क्रियाकलापहरुसँगै खेलकुद लेखन सांस्कृतिक एवं दक्ष विद्यार्थी उत्पादन गर्नमा प्याब्सन सधैँ लागि परेको अध्यक्ष राहुल श्रीवास्तवले बताएका छन् ।
प्याप्सनसँग आबद्ध भएपछि हरेक विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप पठनपाठनसँगै हरेक क्षेत्रमा निगरानी राख्ने संस्था भएकोले अब यस कालिकामाई एकेडेमीले पनि सहरको जस्तै अगाडि बढाउनमा यसले ठूलो मद्दत पुग्ने बताएका हुन्। त्यसैगरी प्याप्सनका पूर्व अध्यक्ष एवं हिसनका जिल्ला उपाध्यक्ष आलोक चौरसियाले बालबालिकाहरूलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरूमा समेत अब्बल भूमिका खेल्न सक्ने वातावरण प्याप्सनले एउटा प्लेटफर्म तयार गरिरहेकोले यस विद्यालय धेरै भाग्यमानी रहेको बताएका छन्। उनले भने निजी विद्यालय केवल अध्यापन मात्र नभएर विद्यार्थीहरूमा लुकेका प्रतिभाहरूलाई समेत उजागर गर्ने उद्देश्यले प्याप्सन सधैं लागि परेको उनले बताएका हुन्। त्यसैगरी सनसाइन बोर्डिङ स्कुलका सञ्चालक एवं प्याप्सन महानगर सचिव अमित आलोकले पर्सा जिल्लामा धेरै निजी विद्यालयहरू धेरै रहेको र उक्त निजी विद्यालयहरूलाई प्याप्सन सँग आबद्ध गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने वातावरण सृजना गर्ने एउटा माध्यम प्याप्सन रहेको महानगर सचिव अमित आलोकले बताएका छन् । हामी निजी विद्यालय हरू एक ढिक्का भएर लागेको खण्डमा विद्यार्थीहरूको चौतर्फि विकास गर्नमा प्याप्सन सधैँ अग्रसर भएर लागिपर्ने सचिव अमित आलोकको भनाइ रहेको छ। कार्यक्रममा प्याप्सन महानगर जिल्ला सदस्य विजयबल एवं प्याप्सन महानगर सल्लाहकार सनी पाख्रीन तथा स्थानीय बासिन्दाहरूको उल्लेखनी उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।


COMMENTS