$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

अन्तरविद्यालय खेलकुद प्रतियोगितामा क्रिकेट र फुटबल प्रतियोगिता सम्पन्न

११ माघ, बीरगन्ज प्याब्सन पर्साको आयोजनामा जारी अन्तर विद्यालय क्रिकेट र फुटबल प्रतियोगिता अन्तर्गत सम्पन्न विभिन्न क्रिकेट तथा फुटबल खेलहरूम...


११ माघ, बीरगन्ज

प्याब्सन पर्साको आयोजनामा जारी अन्तर विद्यालय क्रिकेट र फुटबल प्रतियोगिता अन्तर्गत सम्पन्न विभिन्न क्रिकेट तथा फुटबल खेलहरूमा विद्यालयस्तरीय खेलाडीहरूले उत्साहजनक र प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गरेका छन्। आज क्रिकेटतर्फ ३ र फुटबलका ४ खेल सम्पन्न भएका छन् । 

क्रिकेटतर्फ मुनलाईट स्कुलले मिनील्याण्डलाई ८४ रनले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो। टस जितेर ब्याटिङ गरेको मुनलाईटले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनायो भने जवाफमा मिनील्याण्ड पुरै ओभर खेल्दा पनि ६१ रनमै समेटियो। यस खेलमा ४५ रनको महत्वपूर्ण योगदान दिएका दिलराज यादव म्यान अफ द म्याच घोषित भए। 

यस्तै, दोस्रो खेलमा फुर्कान एकेडेमी विजयी भएको हो नेपाल काभेरीले टस जितेर ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो र उक्त लक्ष्य फुर्कान एकेडेमीले २ विकेटको क्षतिमा १२.२ ओभरमै पूरा गर्दै ८ विकेटको जित हात पार्‍यो। 


तेस्रो खेलमा सेन्ट जेभियर्सले विजयी भएको छ । सेन्ट जेभियर्सले टस जितेर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १५२ रनको योगफल तयार गरेकोमा आचार्य एकेडेमी पुरै ओभर खेल्दा पनि ८४ रनमै सीमित रह्यो।



फुटबलतर्फ, गुरुकुल एकेडेमीले गोल्डेन फ्युचर माविविरुद्ध जित हात पार्‍यो । गोल्डेन फ्युचरका खेलाडीबाट भएको आत्मघाती गोल निर्णायक बन्यो र गुरुकुलका युहान राई म्यान अफ द म्याच बने। दोस्रो खेलमा ज्ञानदा एकेडेमीले नेपाल काभेरीलाई ३–२ ले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच ज्ञानदाका अनुरन्जन साह भए। तेस्रो खेलमा बिकन माविले बीरगन्ज पब्लिक ई स्कुललाई ८–० को फराकिलो अन्तरले पराजित गर्‍यो । बिकनका अंश थारु म्यान अफ द म्याच घोषित भए। त्यसैगरी चौथो र अन्तिम खेलमा साउथ जोनले डिएभीलाई ५–० ले पराजित गर्दै विजयी भयो । खेलको म्यान अफ द म्याच साउथ जोनका आयुष चौधरी घोषित भएका छन् 





COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content