हरि खेतान बहुमुखी क्याम्पसमा भएको अवैधानिक नियुक्ति, विधान परिवर्तन तथा निजीकरण प्रयासविरुद्ध आपत्ति
यही अवैधानिक नियुक्ति तथा निजीकरण प्रयासको विरोधमा सुस्मिता यादव क्याम्पसमा उपस्थित भएको दिनदेखि नै क्याम्पसमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरू आन्दोलनरत छन्। हिजो विद्यार्थीहरूले उहाँलाई क्याम्पस परिसरबाट बाहिर पठाउनु यस आन्दोलनको प्रत्यक्ष परिणाम हो, जसको सम्पूर्ण जिम्मेवारी जबर्जस्ती निजीकरण गर्न खोज्ने पक्षले लिनुपर्नेछ।
यसैगरी, क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई कुनै किसिमको छात्रवृत्ति (Scholarship) नदिई, आफ्नै मनपरी ढंगले जय प्रकाश खेतानद्वारा आफ्नो जे.पी. स्टोरमार्फत इच्छाअनुसार व्यक्तिहरूलाई छात्रवृत्ति वितरण गरिँदै आएको अवस्था गम्भीर आपत्तिजनक र भेदभावपूर्ण छ। यसले सामुदायिक शिक्षाको मूल उद्देश्यलाई नै कमजोर बनाएको छ।
क्याम्पसमा कार्यरत कर्मचारी, प्राध्यापक तथा विद्यार्थीहरूको साझा मागहरू:
१. निजी (Private) विधान तुरुन्त खारेज गर।
२. सामुदायिक विधान अविलम्ब लागू गर।
३. सर्वदलीय तथा सर्वपक्षीय बैठक तुरुन्त आह्वान गरियोस्।


COMMENTS