चौथो संस्करण श्री शंकरलाल केडिया स्मृति अन्तर्विद्यालय फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ। डी.ए.भी. आर.बी. केडिया स्कूलले स्वर्गीय श्री शंकरलाल केडियाको ९०औँ जन्मजयन्तीको अवसरमा ‘चौथो संस्करण श्री शंकरलाल केडिया स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिता’ आयोजना सुरु गरिएको डीएबी स्कुलका प्रिन्सिपल राकेश मिश्राले बताएका छन्। । प्रतियोगिताको उद्घाटन समारोह शुक्रबार डी.ए.भी. आर.बी. केडिया स्कूलको खेलमैदानमा सशस्त्र प्रहरीका डिएसपी बिष्णु हरि घिमिरेले गर्नुभएको थियो डिएसपी घिमिरेले खेलकुद क्षेत्र एउटा यस्तो खेल हो जसले अनुशासन र नियमलाई आफ्नो पालना गर्दै शारीरिक तथा मानसिक रुपमा चाहिँ अग्रसर दिलाउन धेरै महत्वपूर्ण दिने बताएका हुन् । खेल एउटा यस्तो क्षेत्र हो जसले राष्ट्रदेखि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउँदै आफ्नो व्यवसायिक रुपमा चाहिँ अगाडि बढाउनमा ठूलो मद्दत पुग्ने भएकोले यो डीएबी स्कुलले पनि चौथो संस्करण श्री शंकरलाल केडिया स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गर्नाले यसबाट खेलकुद क्षेत्रमा पनि आफ्नो योगदान पुर्याउन भोलिको दिनमा महत्त्वपूर्ण दिने बताएका हुन्।
सुनील केडियाको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो। उद्घाटन समारोहमा
उपाध्यक्ष: डा. विजय अग्रवाल (मानार्थ, MD, NMC नेसनल मेडिकल कलेज सहवाज अन्सारी सौरव केडिया: SMC सदस्य
गम्भीर पटेल: वडा अध्यक्ष, चैनपुर प्याप्सनका केन्द्रीय सदस्य छेदुप लामा सदस्य
रवीन्द्र मिश्र: शिक्षा विभाग प्रमुख, प्याप्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोज चौधरी प्याप्सन सचिव अशोक संग्रौला प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव
पुरण प्रधान: प्रिन्सिपल, मानवकन्ना स्कूल
रञ्जीव आनन्द: प्रिन्सिपल, DPS
राजेन्द्र कोइराला: CEO, ज्ञानदा
जागृति मिश्र: उप–प्रिन्सिपल, ज्ञानदा
जीवन ज्योति स्कुलका डाइरेक्टर एवं प्रिन्सिपल शिव गुप्ता ज्योति
राजेन्द्र आचार्य: प्रिन्सिपल, कदमबारी
रोशन गुप्ता: अध्यक्ष, पर्सा फुटबल संघ
प्रकाश वर्मा: प्रबन्धक, केडिया आँखा अस्पताल गणेश क्षेत्री: प्रिन्सिपल, गौतम
दीपक तुल्स्यान: निर्देशक, कदमबारी
देवेश मानस्वा: संस्थापक, मानवसेवा
ओम के. झा: संस्थापक, Allied Youth Society
ममता यादव: CEO, Gems Group of Service
रोहित ब्याहुत: MD, लक्ष्मी पुस्तक भण्डार
हर्ष नारायण: MD, राज होजियरी
जितेश दास: NMC, मार्केटिङ प्रमुख
अजय यादव: NIMS इन्स्टिच्युट
नितेश दास: सिद्धार्थ इन्स्योरेन्स
स्वेता मानन्धर: सिद्धार्थ बैंक, RM
धिराज दवारुका लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य डीएबी स्कुलका प्रिन्सिपल राकेश मिश्राले गर्नुभएको थियो। संयोजक उपेन्द्र पटेल विद्यालय प्रशासनले जनाएको छ। प्रतियोगिता माघ २ गतेदेखि माघ १० गते सम्म सञ्चालन हुने विद्यालयका प्रिन्सिपल राकेश मिश्राले बताएका छन् । उनले भने प्रतियोगितामा विद्यार्थीहरूमा खेल भावना, अनुशासन, नेतृत्व क्षमता र आपसी सद्भाव विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आफूले लिएको बताएका हुन् । विद्यार्थीहरूका लागि “शिक्षासँगै खेलकुद अत्यन्त आवश्यक रहेकोले स्वर्गीय शंकरलाल केडियाले देखाउनुभएको शिक्षा र सामाजिक सेवाको मार्गलाई आत्मसात् गर्दै १४ वटा विद्यालयका विद्यार्थीहरूलाई सकारात्मक दिशामा अघि बढाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको प्रिन्सिपल मिश्राले बताएका छन्।” उहाँका अनुसार प्रतियोगिता केवल खेलमा सीमित नरही जीवनमा अनुशासन, सहकार्य र प्रतिस्पर्धालाई स्वस्थ रूपमा ग्रहण गर्ने संस्कार विकास गर्ने माध्यम पनि हो जसले राष्ट्रदेखि अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय योगदान पुर्याउने काम गर्ने लक्ष्य लिएको हुन्छ ।














COMMENTS