जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप पाठकले मोटरसाइकल चोरी गर्ने चोरहरूलाई रङ्गे हात पक्राउ गरिएको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले बीरगञ्ज महानगरपालिका वार्ड नं १३ शिरपुर बस्ने वर्ष १९ का साहिल कुमार रौनियार र सोही वडा नम्बर १३ बस्ने १९ वर्षीय श्यामबाबु ठाकुर र भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला सुगौली घर भई हाल बीरगञ्ज महानगरपालिका वार्ड नं १३ बस्ने वर्ष १९ का रोशन कुमार गुप्तालाई चोरी गरेर लग्दै गरेको मोटरसाइकल सहित वडा प्रहरी कार्यालय सिरपुरले रंगे हात पक्राउ गरिएको सो पत्रकार सम्मेलनमा बताएका हुन् वडा प्रहरी कार्यालय सिरुपुरबाट खटिएको टोलीले एकजना अपरिचित व्यक्तिले डोर्याउँदै लैजाने क्रममा उक्त मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको पछाडिपट्टि नम्बर प्लेट नरहेको र साँचो अगाडिको तार काटिएको अवस्थामा डोर्याएर लगिरहेको र शङ्का लागेपछि चेकजाँच गर्दा उनीहरूले चोरी गर्दै गरेर लग्ने क्रममा रंगे हात पक्राउ गरिएको प्रहरी उपरीक्षक पाठकले बताएका छन् ।
अनुसन्धान गर्ने क्रममा तीनवटा मोटरसाइकल बरामद भएको र उनीहरूले अन्य मोटरसाइकलहरु पनि चोरी गरेको हुनसक्ने अनुमान गरिएको प्रहरी उपरीक्षक पाठकले बताएका छन्। चोरी गरिएको मोटरसाइकलको b r o 5aq 6924 नम्बर लगाएको र चेसिस नम्बर md 625 ck 29 m3 fo 5523 इन्जिन नम्बर a k2 f3702240 भएको tvs कम्पनीको मोटरसाइकल र नम्बर प्लेट नभएको चेसिस नम्बर ma 4jc364a 78011414 इन्जिन नम्बर jc36a 9017 621 भएको honda shine मोटरसाइकल र इन्जिन नम्बर f4 8624 06491 भएको ना ५५ प १५ नम्बरको कालो रङको स्कुटी समेत बरामद भएको उक्त पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो । थप अनुसन्धान जारी रहेकोले अहिले धेरै कुराहरू उनीहरूबाट खुल्न सक्ने प्रहरी उपरीक्षक पाठकको भनाइ रहेको छ।



COMMENTS