बीरगंज महानगरपालिका वार्ड नं ८ पानीट्याङ्कीमा रहेको लिटिल बडी प्री स्कुलको आज तेस्रो वार्षिक उत्सव भव्य रुपमा सम्पन्न भएको छ। लिटिल बडी प्रि स्कुलका प्रिन्सिपल विजय बलको सभापतित्व तथा बीरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत अरविन्दलाल कर्णको प्रमुख आतिथ्यमा सो तेस्रो वार्षिक उत्सव सम्पन्न भएको हो। वार्षिक उत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि कर्णले अहिले यी सासाना नानीहरूले आफ्नो पफमेन्स मार्फत प्रस्तुत गर्दाखेरि आफूलाई धेरै खुसी लागेको बताएका छन्। उनले भने विद्यालय मात्रै खोज्नुको कुनै अर्थ नरहने भएकोले ती यस्ता पिजी नर्सरी एलकेजी युकेजी का विद्यार्थीहरुलाई आफ्ना प्रतिभाहरू सँगसँगै लेखनमा दक्ष बनाउने काम गरेकोमा आफूलाई धेरै खुसी लागेको यस्ता विद्यालयहरु बीरगंजमा कमै मात्र भएकोले यसले आगामी दिनहरुमा यो भन्दा पनि उज्ज्वल भविष्यको वातावरण सिर्जना गर्न धन्यवाद दिँदै शुभकामना दिनुभएको थियो।
उहाँले भने यस्ता सासाना नानीहरूलाई पढाउने विद्यालय वीरगंजमा कमै मात्र रहेकोले यस लिटल बडी प्री स्कुलले अभिभावकहरूको मन जित्ने काम गरेकोमा विद्यालय परिवारलाई धन्यवाद दिँदै प्रमुख अतिथि कर्णले विद्यार्थीहरूको उज्ज्वल भविष्य देखेको बताएका छन्। वार्षिक उत्सव समारोहमा प्याप्सनका जिल्ला सचिव अशोक संग्रौला प्याप्सन जिल्ला सदस्य सुलभ केसी प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्त प्याप्सन महानगर सचिव अमित आलोक एन प्याप्सन महानगर अध्यक्ष जियालाल शाह तथा अभिभावकहरू शिक्षक शिक्षिका तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले स्वागत मन्तव्य गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षिका शवेता गुप्ताले गरेकी थिइन्। वार्षिक उत्सवमा एलकेजी नर्सरीय युकेजी का विद्यार्थीहरूले विभिन्न जातजाति भाषाहरूको सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेर अभिभावकहरुलाई मोहित पारेका थिए।
















COMMENTS