पर्सा जिल्ला क्षेत्र नम्बर १ बाट सांसदका उम्मेदवार अनिल रुङटाले आज बीरगंज महानगरपालिका वडा नम्बर १२ मुरलीमा मतदाताहरूसँग भेटघाट एवं अन्तरक्र...
पर्सा जिल्ला क्षेत्र नम्बर १ बाट सांसदका उम्मेदवार अनिल रुङटाले आज बीरगंज महानगरपालिका वडा नम्बर १२ मुरलीमा मतदाताहरूसँग भेटघाट एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसदका उम्मेदवार रुङटाले मुरलीको जनताको अपेक्षा अनुसार काम गर्ने उद्घोष गरेका थिए।
उनले भने अहिले जनताको चाहना अनुसार आफूले उम्मेदवारी दिएको हुँ जनताले बताएका हुन् । उनले भने जनताको काम सँगसँगै संसद्मा पुगेर आफूले गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्न आफू कुनै कसर बाँकी नराख्ने उक्त अन्तरक्रिया कार्यक्रममा रुँगटाले बताएका छन् । रुङताले बताए अनुसार अहिले पर्सा क्षेत्र नम्बर १ मा आफूले जित्ने आधार भइरहेकोले एकपटक मतदान गरेर सहयोग गर्न मतदाताहरुलाइ उहाँले अपिल समेत गरेका हुन् । पर्सा जिल्लामा धेरै सांसद र मन्त्रीहरू भएको तर जनताको अपेक्षा अनुसार काम गर्न नसकेकाले आफूलाई एकपटक मतदान गरेर सांसदमा निर्वाचित गराएको खण्डमा यहाँहरुले उठाएका आवाजहरु र जनताको चाहना अनुरुप संविधान संशोधन गरेर अपेक्षा पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
समृद्धि र सुशासनको लागि सधैं आफू लागिपर्ने भएकोले जनताको अपेक्षा पनि सुशासन समृद्धि को चाहना रहेकोले आफ्नो उम्मेदवारी सोही अनुसार भइरहेकोले एकपटक मत दिएर सांसदमा जिताउन उनले मतदाताहरूलाई अपिल समेत गरेका थिए। अन्तरक्रिया कार्यक्रममा पूर्वा संविधानसभा सदस्यका उम्मेदवार अजय कुमार सुबेदीले बताए अनुसार जनताको अपेक्षा अनुसार योग्य उम्मेदवार र इमान्दार कर्मठ सहनशील र क्रियाशील सांसदका उम्मेदवार रुङ्टा रहेको सुवेदीको भनाइ रहेको छ। अन्तरक्रिया कार्यक्रममा विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।











COMMENTS