पर्सा। प्याब्सनको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन जुनियर फुटबल प्रतियोगिता अन्तर्गत पाँचौं दिन चारवटा प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन्। पाँचौं दिनका खेलपछि एसआर ग्यालेक्सी, मुनलाईट, बिकन माध्यमिक विद्यालय र ठोरी एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्।एसआर ग्यालेक्सीको सशक्त प्रदर्शन पहिलो खेलमा एसआर ग्यालेक्सीले गुरुकुल विद्यालयलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गर्यो। खेलमा एसआर ग्यालेक्सीका आलोक गिरीले उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’को उपाधि जिते।
मुनलाईटको सहज जित दोस्रो खेलमा मुनलाईट विद्यालयले सफल एकेडेमीलाई २–० गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो। मुनलाईटका प्रणव पंडित खेलको उत्कृष्ट खेलाडी घोषित भए।
ठोरी एकेडेमीको गोल वर्षा तेस्रो खेलमा ठोरी एकेडेमीले नवदीप एकेडेमीविरुद्ध एकतर्फी खेल प्रदर्शन गर्दै ४–० गोलको फराकिलो जित दर्ता गर्यो। ठोरीका सागर पन्तले प्रभावशाली प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ प्राप्त गरे।
बिकन माविको जितसँगै सेमिफाइनल यात्रा
पाँचौं दिनको अन्तिम खेलमा बिकन माध्यमिक विद्यालयले साउथ जोन विद्यालयलाई २–० गोलले पराजित गर्यो। बिकन माविका अंश चौधरी उत्कृष्ट खेल प्रदर्शनका लागि ‘म्यान अफ द म्याच’ घोषित भए।


COMMENTS