बीरगंज महानगरपालिका वार्ड नं ८ अशोक बाटिकामा रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।...
बीरगंज महानगरपालिका वार्ड नं ८ अशोक बाटिकामा रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष अशोक राउत अहिरको अध्यक्षतामा सम्पन्न । सो वार्षिक साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत रविभूषण श्रीवास्तवले संस्थामा काम गर्ने विभिन्न उत्कृष्ट कर्मचारी एवं शेयर सदस्यहरूलाई मायाको चिनो एवं प्रमाणपत्रले सम्मानित गर्नुभएको थियो।
उनले संस्थाको वार्षिक आय व्यय समेत प्रस्तुत गर्दै अहिले संस्था केही उपलब्धिमूलक भएको बताउँदै आगामी दिनमा यो भन्दा थप उत्कृष्ट सहकारीको रुपमा चाहिँ अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो। अहिलेको विषम परिस्थितिमा पनि संस्थाले धेरै मात्रामा उपलब्धिहरू हासिल गरेकोले सासाना पूँजीहरूलाई आफ्ना सदस्यहरू मार्फत ऋण प्रवाह गरी उनीहरूलाई आयआर्जनमा अग्रसर बढाउने उहाँले प्रतिबद्धता जनाउनुभएको हो।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाका प्रबन्धक उमेश शाह तुराले संस्थाले अहिले वीरगंज शाखा रही नयाँ बसपार्क र भिस्वामा समेत उपसाकाहरू खोलेर बचतकर्ताहरूलाई सेवा दिदै आइरहेको बताएका छन् । उनले अहिले आफ्नो संस्थाले वित्तीय कारोबारलाई सुरक्षित एवं पारदर्शी छिटो छरितो र सरल ढंगले प्रवाह गर्ने उद्देश्यले मोबाइल बैंकिङ एटिएम कार्ड क्युआर लगायत सेवाहरू प्रवाह गर्दै आइरहेको बताएका छन्। संस्थाको आफ्नै भवनबाट बचतकर्ताहरूलाई सेवा प्रवाह गर्न पाउनु आफ्नो लागि ठूलो उपलब्धि भएको प्रबन्धक तुराहको भनाइ रहेको छ। वार्षिक साधारण सभामा संस्थाका सहायक हरिओम जैसी सहायक सुजिता जयसवाल सञ्चालक समितिका सचिव श्रीमती दीपमाला देवी श्रीवास्तव एवं लघुवित अधिकृत जितेन्द्र कुशवाहा लगायत विभिन्न बचतकर्ताहरू एवं सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।














COMMENTS