$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

पिपुल फष्ट पार्टीले पर्सा क्षेत्र नम्बर १ मा सांसदको उम्मेदवार हैदर र ४ मा फिरोजलाइ उम्मेदवार चयन

पिपुल फष्ट पार्टीले बीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि जावेद ईकबार हैदर र क्षेत्र न...



पिपुल फष्ट पार्टीले बीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि जावेद ईकबार हैदर र क्षेत्र नम्बर ४ मा फिरोज अन्सारीलाई उम्मेदवारी घोषणा गरिएको जानकारी दिएको छ। पत्रकार सम्मेलनमा जिल्ला संयोजक वीरेन्द्र कण्ठको वडा अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आफ्नो पार्टी भनेको नागरिक हितको लागि खडा भएकोले न दायाँ न बायाँ न पछाडि सधैँ ठिक को  सूत्र अवलम्बन गरेको बताएका हुन् ।  पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जावेद एकबार हैदरले लोकतन्त्रको मुख्य कार्यदिशा नागरिकतन्त्र हो भने पार्टीको विश्वास पार्टीले पुराना दलहरूको व्यवहारबाट लोकतन्त्रको विचलन र क्षयीकरण र भ्रष्टिकारणका रुपमा बृत भएकादल तन्त्र अतिदलीयकरण नेतातन्त्र अल्पतन्त्र गुणतन्त्र परिवारतन्त्र बिचौलिया तन्त्र सिन्डिकेटतन्त्र जस्ता प्रविधि विरुद्ध निर्मूल संघर्ष गर्ने आफूहरूको लक्ष्य रहेको सो पत्रकार सम्मेलनमा हैदरले बताएका हुन्। 



हामी परिवर्तन गर्ने लक्ष्यका साथ सिमान्तकृत दलित अल्पसंख्यक महिला तथा सुकुम्बासी भूमिहीन मधेसी मुस्लिम लगायतलाई पूर्ण समानुपातिक समावेशीको आधारमा र महिलालाई ५० प्रतिशतको आधारमा हामीले आफ्नो नागरिक पार्टीले लक्ष्य लिएको र सोही अनुसार आफूहरू अगाडि बढिरहेको समेत बताएका छन्। उनले सो पत्रकार सम्मेलनमा अहिले जसरी नेपालमा भ्रष्टाचार बढिरहेको त्यसको उपजमा जेन्जी आन्दोलन भएकोले आफूहरू पनि सोही जेन्जीको अनुरूप अगाडि बढ्न लागेको र आफ्नो नागरिक पार्टीको आय विवरण समेत सार्वजनिक गरेर आफूहरु जनताको चाहना अनुसार विकास गर्ने लक्ष्य लिएर आएको बताए। आफ्नो पार्टीले निर्वाचन आयोगबाट मिति २०८२ मङ्सिर ५ गते निर्वाचन आयोगमा दल दर्ता गरी पिपुल फर्स्ट पार्टीको स्थापना र अधिवेशन यही पुष ४ र ५ गते राधे राधे भक्तपुरमा सम्पन्न भएको समेत उक्त पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य अशोक राउत जयशंकर यादव लगायतको उपस्थिति रहेको थियो।।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content