$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

राष्ट्रिय नागरिक संघर्ष समिति वीरगंज केन्द्रद्वारा नागरिकसभा

वीरगंज, २७ पुस । मुलुकलाई असफल हुनबाट जोगाएर सफल राष्ट्रतर्फ अग्रसर गराउनु नै श्री ५ बडा महाराजधिराज पृथ्वी नारायण शाह प्रति श्रद्धाञ्जलि हु...

वीरगंज, २७ पुस । मुलुकलाई असफल हुनबाट जोगाएर सफल राष्ट्रतर्फ अग्रसर गराउनु नै श्री ५ बडा महाराजधिराज पृथ्वी नारायण शाह प्रति श्रद्धाञ्जलि हुने वक्ताहरुले बताएका छन् । ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय नागरिक संघर्ष समिति वीरगंज केन्द्रद्वारा आयोजित नागरिकसभाका वक्ताहरुले यस्तो बताएका हुन् । 

 सभामा संघर्ष समितिका प्रवक्ता हीरा बहादुर चन्दले वर्तमान अवस्थामा राजसंस्थाको विकल्प नरहेको कुरा दलहरुले पनि स्वीकार गरिसकेका छन् तर दबाव र प्रभावका कारण प्रकट गर्न नसकेको बताउनुभयो । उहाँले बडामहाराज पृथ्वी नारायण शाहको दिव्य उपदेशलाई मनन गरी सबै पक्षले मुलुकलाई जोगाउन एक छिन पनि ढिला नगरी संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र अर्थात् संविधान २०४७ लाई स्थापना गर्नुको विकल्प नरहेको बताउनुभयो । 

मुलुकलाई असफल हुनबाट जोगाउन पनि दल र राजाबीच २०६३ साल वैशाख ११ गते भएको ५ बुंदे सहमति कार्यान्वयन गर्नैपर्नेमा जोड दिनुभयो । उहाँले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम देव सरकारबाट जारी शुभकामना सन्देशमा व्यक्त भए झैं श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको दिव्य उपदेशलाई मनन गरी पृथ्वीपथतर्फ अग्रसर हुनु नै मुलुकलाई जोगाउन अपरिहार्य भएको बताउनुभयो ।   

 सभामा वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले २०७२ को अवैध दस्तावेजलाई खारेज गरी २०७४ को संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुक नै नरहे के गर्छौ ? भन्दै दलका नेताहरुको नाम नै तोकेर यथाशीघ्र संविधान २०४७ तर्फ अग्रसर होऔं, नभए मुलुकमा गम्भीर संकट आउने दावी गर्नुभयो । त्यसैगरी सभामा संघर्ष समितिका केन्द्रीय सदस्य डा. राजीव झाले २०७२ को अवैध दस्तावेज सिंगो नेपालले बहिष्कार गरिसकेकाले २०४७ को संविधान पुनरस्थापना गरी आपसी मतभेद त्यागेर राष्ट्रिय एकता कायम गराए त्यही नै श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । 

 राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता एवं वीरगंज केन्द्रका संयोजक हीरा बहादुर चन्दको सभापतित्वमा आयोजित नागरिक सभामा राजकुमार सिन्धी, विपिन शाह, अब्दुल सतार, बृजकिशोर गुप्तालगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन मानव सेवकले गर्नुभएको थियो । 

स्वागत मन्तव्य दिनानाथ प्रसाद यादवले गर्नुभएको थियो । सभामा पशुपति विक्रम शाह, रोजिना गुरुङ, चन्द्रभुषण साह, पुनित गुप्ता, रमेश मानन्धर, उपेन्द्र यादवलगायतको उपस्थिति रहेको थियो । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय नागरिक संघर्ष समितिले सम्झना होटल प्रांगणबाट रथ र बाजागाजासहित नागरिक -याली निकालेर घण्टाघर, आदर्शनगर हुँदै नगर परिक्रमा गरी पुनः घण्टाघर चोकमा पुगेर श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको तस्वीरमा माल्यार्पण गरी नागरिक सभा आयोजना भएको थियो ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content