$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

क्रिकेट प्रतियोगिता तीन खेल सम्पन्न मनकामना जीवन ज्योति बीरगञ्ज स्कुल जुनियर फुटबल प्रतियोगितामा साउ जोन नवदिप बिकन विजयी

प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत पाँचौँ दिन तीन खेल सम्पन्न भएका छन्। प्रतियोगितामा जीवन...




प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत पाँचौँ दिन तीन खेल सम्पन्न भएका छन्। प्रतियोगितामा जीवनज्योति, मनकामना र बीरगन्ज स्कूलले प्रभावशाली जित निकालेका छन्।

पहिलो खेलमा जीवनज्योति माविले रोयल एकेडेमीलाई ६९ रनले पराजित गर्‍यो। जीवनज्योतिले टस जितेर ब्याटिङ गर्दै विकेट नखसाली १३० रन बनायो। जवाफमा रोयल एकेडेमी ६६ रनमै अलआउट भयो। जीवनज्योतिका सागर यादवले ७८ रनको उत्कृष्ट इनिङ खेलेर म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा मनकामना एकेडेमीले न्यु वेभलाई ११४ रनको फराकिलो अन्तरले हरायो। न्यु वेभले टस जितेर बलिङ रोजे पनि मनकामनाले १५ ओभरमा १ विकेटको क्षतिमा १५५ रन बनायो। जवाफमा न्यु वेभ ९ विकेट गुमाउँदै मात्र ४१ रनमा सीमित भयो। ६९ रनको योगदान दिएका रैहान आलम म्यान अफ द म्याच बने।


तेस्रो खेलमा बीरगन्ज स्कूलले सफ्फाह आइडियललाई ७७ रनले पराजित गर्‍यो। सफ्फाह आइडियलले टस जितेर बलिङ रोजेपछि बीरगन्ज स्कूलले १५ ओभरमा ६ विकेट गुमाएर १२२ रन बनायो। जवाफमा सफ्फाह आइडियल ११.३ ओभरमै ४५ रनमा अलआउट भयो। बीरगन्ज स्कूलका अनिष कुमार पटेल ३९ रनसहित म्यान अफ द म्याच घोषित भए।

यसैबीच, प्याब्सन जुनियर फुटबल प्रतियोगिताको चौथो दिन पनि रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। पहिलो खेलमा नवदीप एकेडेमीले नेशनल मोडेल स्कूललाई ३–० गोलले हरायो। आशिष साह म्यान अफ द म्याच बने।

दोस्रो खेलमा साउथ जोन र लिटल फ्लावरबीचको प्रतिस्पर्धा बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा साउथ जोनले ४–२ गोलले जित हात पार्‍यो। साउथ जोनका गोलकिपर नविन यादव म्यान अफ द म्याच घोषित भए।

तेस्रो खेलमा विकन माविले ज्ञानदा एकेडेमीलाई ४–० गोलले पराजित गर्‍यो। सफ्रोज मियाँ म्यान अफ द म्याच बने। चौथो खेलमा सफल एकेडेमीले गौतम माविलाई १–० गोलले हरायो। सफल एकेडेमीका लक्की चौधरी म्यान अफ द म्याच घोषित भए।


प्रतियोगिताबारे जानकारी प्याब्सन जिल्ला वरिष्ठ उपाध्यक्ष तथा संयोजक सुशीला साहले जानकारी दिएकी छिन् ।





COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content