निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन जिल्ला कार्यसमिति पर्साले आयोजना गरेको जुनियर फुटबल प्रतियोगिताको उद्घाटन मधेस प्रदेशका खेलकुद परिषद् सदस्य सचिव शिवजी गुप्ताले गर्नु भएको थियो। उनले भने खेलकुद केवल मनोरञ्जन मात्र नभई स्वास्थ्य र राष्ट्रको लागि एउटा महत्वपूर्ण हुने भएकोले शिक्षा सँगै खेलकुद पनि एउटा महत्त्वपूर्ण रहेको बताए। खेलकुदले आफ्नो व्यक्तिगत विकास संगसँगै स्वास्थ्यमा सुधार ल्याउने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको आफ्नो पहिचान देखाउनमा गर्भ पुर्याउने काम हुने प्रमुख अतिथि गुप्ताले बताएका हुन् । खेलकुद क्षेत्रलाई प्याप्सनले विद्यालय स्तरबाट आफ्नो अहम भूमिका खेल्ने काम गरेकोले यो धेरै सराहनीय भएकोले यसलाई अभिभावकहरुले पनि उपलब्धि मान्नुपर्ने सबै विद्यार्थीहरू एकैनासका नहुने भएकाले कसैको रुचि खेलको डक्टर इन्जिनियर पाइलट तथा गायन क्षेत्रमा लाग्ने भएकोले सोही अनुसार बढाउन अहिले यो ग्रास लेबबाटै यो निजी विद्यालयले काम गर्दै आइरहेकोमा उहाँले विद्यालय परिवारलाई धन्यवाद समेत दिनुभएको छ।
मधेस प्रदेशले अहिले खेल क्षेत्रलाई ध्यानमा राखेर बजेट विनियोजनदेखि लिएर खेलाडीको स्वास्थ्य बीमा गराउने काममा समेत लागि परेको उनले बताएका थिए। उद्घाटन समारोहमा प्याप्सन का केन्द्रीय सदस्य प्रागिक सदस्य डाक्टर हरिशंकर शाह प्याप्सनका केन्द्रीय सदस्य छेदुप लामा प्याप्सनका मधेस प्रदेशका उपाध्यक्षमा इमामोदिनअहमद मधेस प्रदेशका सल्लाहकार लालबाबु पटेल प्याप्सन महानगर उपाध्यक्ष शर्मानन्द कुशवाहा लगायतको उपस्थिति रहेको थियो।
कुशवाहा लगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्याप्सन जिल्ला कार्यान्वयन समिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भने कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुशीला शाहले गरेकी थिइन्। कार्यक्रमको सहजीकरण सचिव अशोक संग्रोलाले गर्नुभएको थियो। भने उद्घाटन समारोहको पहिलो खेलमा ज्ञान ज्योति स्कुल र एसआर ग्यालेक्सी बीच भएकोमा एसआर ग्यालेक्सी विजय भएको सचिव अशोक संग्रोलाले जानकारी दिनुभएको छ।











COMMENTS