पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार अनिल रुँगटाले शनिबार देखि तेजराथ टोलामा आफ्नो सम्पर्क कार्यालय संचालनमा...
पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार अनिल रुँगटाले शनिबार देखि तेजराथ टोलामा आफ्नो सम्पर्क कार्यालय संचालनमा ल्याएका छन । आसन्न चुनाबलाई मध्येनजर गर्दै संचालनमा ल्याइएको सांसदका उम्मेदवार रुन्टाले बताएका छन् । कार्यालयको उदघाटन समारोहमा पुराना तथा नयाँ नेताहरु एकै मञ्चमा देखिएपछि रून्टाको जित सुनिश्चित रहेको दाबी गर्दै अब पार्टीले जनतासँग प्रत्यक्ष भेटघाट गरी मतदाताहरूको घर दैलोमा पुगेर मत माग्ने काममा होमिन जरुरी रहेको बताएका छन्। हाम्रो जित सुनिश्चित रहेकोले जनलहर हाम्रो पक्षमा उत्साहको वातावरण सृजना भएको सांसदका उम्मेदवार रुङ्ताको भनाइ रहेको बताएका हुन् ।
कार्यालयको उद्घाटन समारोहमा कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, सचिव इम्तियाज आलम, पूर्व नगर सभापति विजय सर्राफ, अरबिन्द गुप्ता, भोला कलवारलगायत क्षेत्रीय, नगर तथा जिल्ला तहका नेता–कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यसैगरी आजै बीरगंजको नगरसभा हलमा क्षेत्र नम्बर १ २ ३४ का सांसदका उम्मेदवारहरूसँग विभिन्न क्षेत्रीय भेला सम्पन्न गरी आफ्ना उम्मेदवारहरूलाई जिताउन अभियान सञ्चालन गर्न कार्यकर्ताहरूसँग बृहत छलफल समेत गरिएको क्षेत्र नम्बर १ का सांसदका उम्मेदवार रुङ्टाले बताएका छन्।



COMMENTS