पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य एवं सांसदका उम्मेदवार अनिल रुङटालाइ जिताउन विद्यार्थीहरूको अहम भूमिका रहने आज पार्टी कार्यालयमा आयोजित भेलामा सांसदका उम्मेदवार अनिल रुङटाले सो कुरा बताएका छन्। उनले भने विद्यार्थीहरू भनेको अहिलेका जल्दाबल्दा युवाहरू भएकाले नेपाल विद्यार्थी सङ्घसँग आबद्ध भएका युवा हरु लोकतन्त्रको रक्षा एवं संविधान कार्यान्वयन र समावेशी तथा विकास निर्माणमा युवाहरूको अहम भूमिका हुने भएकोले यसका निम्ति लाग्न उहाँले जोड दिनुभएको छ। सांसदका उम्मेदवार रुङटाले भने आफ्नो पर्सा क्षेत्र नम्बर १ को जित सुनिश्चित रहेकोले यसको वातावरण अहिले सिर्जना भएकोले सबै पार्टीका भातृ सङ्गठनहरु विद्यार्थी शिक्षक एवं प्राध्यापक महिला संगठन बुद्धिजीवी समाजसेवी तथा अन्य शुभचिन्तकहरु समेत एकजुट भएर आफूलाई जिताउनमा मतदाताहरु समक्ष घर दैलो अभियानमा सक्रिय रूपमा सहभागी हुन जरुरी रहेको बताएका छन्।
उहाँले भने जनताहरूलाई आफ्नो कुराहरू स्पष्ट राख्न र जनताहरूको समस्याहरूलाई बुझेर ल्याउन अति आवश्यक रहेको बताउँदै हामी जनताहरूको समस्यालाई यथाशीघ्र सांसदमा निर्वाचित भए पछि उहाँहरुले राखेका समस्याहरूलाई सम्बोधन गर्ने काममा आफू लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । पर्सा बासीहरूले परिवर्तन खोजेकोले एकपटक मत दिएर सहयोग गर्न अपिल गर्दै यदि आफूले जनताहरूको समस्यालाइ समाधान गर्न आफू सधैँ प्रतिबद्धता रही काम गर्ने उद्घोष गरेका छन्। पर्सा क्षेत्र नम्बर १ मा अहिले आफ्नो पक्षमा वातावरण बन्दै गइरहेकोले मतदाताहरू पनि उत्सुकता देखिएको घरदैलो अभियानमा सांसद उम्मेदवार रुङटाले उक्त कुराहरू बुझेका बताएका छन् ।






COMMENTS