$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छिपरहमाइ गाउँपालिका अध्यक्ष गुप्तासहित चारजना विरुद्ध दायर

 नेकपा (एमाले) का पर्सा जिल्ला उपाध्यक्ष समेत रहेका छिपहरमाई गाउँपालिका गाउँ पालिका मनोजकुमार गुप्ता सहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्धा...






 नेकपा (एमाले) का पर्सा जिल्ला उपाध्यक्ष समेत रहेका छिपहरमाई गाउँपालिका गाउँ पालिका मनोजकुमार गुप्ता सहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ।

आयोगले बुधवार दायर गरेको आरोप पत्रमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह, तत्कालीन लेखापाल सञ्जय पटेल, विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगञ्ज तथा कम्पनीका सञ्चालक कमल कुमार उपाध्यायलाई पनि प्रतिवादी बनाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

आयोगको अनुसन्धानअनुसार आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले विभिन्न ५ वटा विकास आयोजनाका लागि बोलपत्र आह्वानको सूचना राष्ट्रिय दैनिक ‘सौर्य दैनिक’ मा प्रकाशन गरेको दाबी गरे पनि सूचना सम्बन्धित मितिका पत्रिकामा प्रकाशित नै नभएको पुष्टि भएको छ । यस्तो अवस्थामा पनि झुटा बिल पेस गरी विज्ञापन एजेन्सीलाई कुल ४ लाख २९ हजार ४०० रुपैयाँ भुक्तानी दिएको आयोगको ठहर छ ।





 अनुसन्धानमा गाउँपालिकाको खरिद इकाई समितिले २०७९ असोज १६ गते निर्णय गरी असोज १७ गते सौर्य दैनिकमा प्रकाशन गर्ने गरी तीन वटा आयोजनाको बोलपत्र सूचना प्रकाशन गर्ने निर्णय गरेको पाइएको छ । आयोजनामा खानेपानीको लागि ट्युबवेल जडान कार्यक्रम, छिपहरमाई स्टेडियम निर्माण कार्यक्रम र चार कोठे भवन निर्माण कार्यक्रम समावेश थिए । आयोजनाका ठेक्का नं. १८/२०७९/८०, १९/२०७९/८० र २०/२०७९/८० जारी गरिएका थिए ।

सार्वजनिक खरिद नियमावलीअनुसार राष्ट्रसेवक कर्मचारीबाटै विज्ञापन एजेन्सीलाई पत्राचार हुनुपर्नेमा गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले आफैँ बदनियत पूर्ण ढङ्गले पत्राचार गरेको अनुसन्धानमा उजागर भएको छ । एजेन्सीले असोज १८ गते सूचना प्रकाशित भएको जानकारी पठाएपछि गाउँपालिकाले २ लाख ३३ हजार ९१० रुपैयाँ भुक्तानी गरेको देखिएको छ । तर, प्रेस काउन्सिल नेपाल र सौर्य दैनिकबाट प्राप्त प्रमाणित प्रतिमा २०७९ असोज १७ गतेको पत्रिकाको पृष्ठ ३ मा छिपहरमाई गाउँपालिकाको कुनै सूचना प्रकाशित नभएको स्पष्ट भएको आयोगले जनाएको छ। उनलाई पटकपटक भ्रष्टाचारको आरोप लाग्दै आइरहेको भएपनि पार्टीको आवरणमा अहिलेसम्म उनलाई कारबाही गर्न सकिरहेको थिएन।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content