श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा शुक्रबार नगरसभा हलमा सम्पन्न भएको छ। सबैको लागि श्रीनिधि सहकारी भन्ने मूल नाराका साथ संस्थाका अध्यक्ष श्री प्रेम चुडामणि बज्राचार्यको सभापतित्वमा श्री निरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको हो। वार्षिक साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले वार्षिक प्रतिवेदन तथा नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। उनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाको कुल कारोबार हाल ८८ करोड ८२ लाख २७ हजार रहेको र संस्थाको सेयर पुँजी० ८१/८२ मा ३ करोड ३१, लाख ६५ हजार रहेको बताए। त्यसैगरी बचततर्फ ७२ करोड ६३ लाख ५ हजार र निष्पक्ष जम्मा विभिन्न जगेडा कोषहरू ४ करोड ७२ लाख ८९ हजार पुर्याउन सफल भएको जानकारी दिनुभएको छ।
संस्थाले लगानी अब ० ८१/८२ मा रु ६० करोड ५८ लाख ६६ हजार ५०० रुपैयाँ रहेको र नाफा आयकार व्यवस्था अघि रु १ करोड ३१ लाख १३ हजार ५०० रहेको र स्थिर सम्पत्ति रु ४ करोड ६९ लाख ४६ हजार ९५० रहेको देखिन आउँछ भनेर बताएका हुन्। उनले हाल संस्थाको कार्यालय प्रयोजनको लागि आदेशनगर स्थित जग्गा संस्थाको नाममा खरिद गरिएको र उक्त भवन चाँडै निर्माण कार्य सुरु गर्ने बताए। संस्थाले विभिन्न प्रविधितर्फ मोबाइल banking sms सेवा मोबाइल टप लगायत सेवाहरू सञ्चालनमा ल्याई प्रविधिलाई उत्कृष्ट बनाउँदै लगेको सो वार्षिक साधारण सभामा प्रमुख अधिकृत चौरसियाले जानकारी दिनुभएको छ।
संस्थाको वार्षिक साधारणसभाको कार्यक्रममा उपाध्यक्ष मनोज प्रसाद सचिव निर्मला देवी चौरसिया कोषाध्यक्ष ओम प्रकाश कलवार संस्थाको अधिकृत महेश कुमार सहनी हिरालाल चौरसिया बिमल सिमरिया मधु चौधरी कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख जिष्णु बराल राष्ट्रिय सहकारी बैंकका सञ्जयकुमार महतो तथा विभिन्न सहकारी संस्थाका सञ्चालकहरू प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य योगेश्वर प्रसाद चौरसियाले गरेका थिए भने का सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।





















COMMENTS