बीरगञ्ज महानगरपालिका वार्ड नं २४ रामगढुवामा रहेको लिटिल एन्जल बोर्डिङ स्कुलले जुनियर स्पोर्ट्स फिएस्टा अर्थात् खेलकुद कार्यक्रम आयोजना गरेको छ। लिटिल एन्जल बोर्डिङ स्कुल का प्रिन्सिपल सन्नी पाख्रिनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नर्सरी देखि कक्षा ४ सम्मका जुनियर खेलकुद कार्यक्रम आयोजना गरेको हो। लिटिल एन्जल बोर्डिङ स्कुलले जुनियर स्पोर्ट्स फिएस्टा अर्थात् खेलकुद कार्यक्रम आयोजना गरेर विद्यार्थीहरूमा लुकेका प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको प्रिन्सिपल पाख्रिङले बताएका छन्। विद्यार्थीहरू लाई अहिलेदेखि नै विद्यालय स्तरमा यस्ता गुणस्तरीय शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि अब्बल बनाउन जरुरी रहेको र उनीहरूको भित्र लुकेका विभिन्न प्रतिभाहरुलाई अगाडि ल्याउनमा यसले ठूलो मद्दत पुर्याउने प्रिन्सिपल पाख्रिनको भनाइ रहेको छ । उनले बताएअनुसार विद्यार्थीहरूलाई केवल अध्ययनमा मात्र सीमित नभएर विभिन्न प्रकारका खेलकुदहरू मार्फत उनीहरूको शारीरिक मानसिक तथा तन्दुरुस्ती गर्नमा ठूलो सहयोग पुग्ने बताए।
लिटिल एन्जल बोर्डिङ स्कुलका सञ्चालक मनि पाख्रिङले बताए अनुसार हामीले आफ्नो बालबालिकाहरूलाई शिक्षा मात्रै दिएर नपुग्ने बाहिरी ज्ञानको पनि आवश्यकता रहने भएकोले अहिलेका विद्यार्थीहरूमा अतिरिक्त क्रियाकलापहरूमा पनि धेरै रुचि रहने भएकोले अहिलेदेखि नै यी नानीहरूमा लुकेका आफ्ना प्रतिभाहरुलाई प्रस्तुत गर्दै समाज राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो भविष्य बनाउन सक्ने भएकोले हस्तकला खेलकुद सांस्कृतिक नृत्य डान्सिङ ब्याडमिन्टन चियस हस्ताकला क्रिकेट फुटबल कबड्डी लगायत अन्य क्रियाकलापमा संलग्न गराउन महत्वसम्पूर्ण रहेको बताएका छन्।
खेलकुदबाट प्रथम द्वितीय तृतीय तथा सान्त्वना भएका विद्यार्थीहरूलाई प्रमाणपत्र मेडल ले सम्मानित गरिएको थियो। विद्यार्थीहरूले उक्त खेलकुदमा उत्साह उत्सुकतापूर्वक सहभागिता जनाई आआफ्नो प्रतिभाहरू प्रस्तुत गरेको प्रिन्सिपलले बताएका छन्। लिटिल एन्जल बोर्डिङ स्कुलले जुनियर स्पोर्ट्स फिएस्टा अर्थात् खेलकुद कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आइरहेकोमा यो वर्ष पनि सुरु गरिएको छ। विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू मार्फत उनीहरूले आफ्ना प्रतिभा देखाएकोमा आफूहरू दङ्ग परेको प्रिन्सिपल पाख्रिङले बताएका हुन्।
यस्ता एलकेजी नर्सरी युकेजी का विद्यार्थीहरूले समेत आफ्नो खेलकुद मार्फत प्रतिभा देखाउने अवसर निजी विद्यालयले मात्र गर्दै आइरहेकोले अभिभावकहरु पनि अहिले सामुदायिक विद्यालय भन्दा निजी विद्यालयहरूतर्फ धेरै आकर्षण भइरहेको उनको भनाइ रहेको छ।













COMMENTS