पर्सा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका अनिल रुङटालेआफ्नो चुनाव प्रचारप्रसार तीव्ररूपमा अगाडि बढाएका...
पर्सा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका अनिल रुङटालेआफ्नो चुनाव प्रचारप्रसार तीव्ररूपमा अगाडि बढाएका छन्। उनले आज पर्सा जिल्लाको परवानीपुरमा रहेको नेपाल मुस्लिम सङ्घ पर्साले आयोजना गरेको चुनावी अभियानको प्रचारप्रसार गर्ने क्रममा सांसदका उम्मेदवार रूमटाले आफू निर्वाचित भए पर्सा जिल्ला आर्थिक समुन्नति र समृद्धि गरेर अघि बढ्ने त्यसमा ढुक्क रहन उहाँले आफ्ना मतदाताहरुलाई अपिल गर्नुभएको छ। पर्सा जिल्लाको वातावरण अहिले आफ्नो पक्षमा रहेकोले सबै कार्यकर्ताहरू एक ढिक्का भएर अगाडि बढ्न आवश्यक रहेकोले र सबै विभिन्न भातृ संगठनहरु समेत सक्रिय हुन जरुरी रहेको सांसदका उम्मेदवार रुङटाले सो घरदैलो अभियान कार्यक्रममा बताएका हुन् । पर्सा क्षेत्र नम्बर १ का जनताहरू अहिले परिवर्तन खोजिरहेकाले आफू त्यही परिवर्तनको पक्षमा उम्मेदवार दिएकाले आफू जित्ने सुनिश्चित आधारहरु रहेको बताउँदै यसका निम्ति यहाँका बुद्धिजीवी समाजसेवी नागरिक समाज अगुवाहरु तथा अन्य पेशाकर्मीहरु समेतलाई एकपटक आफूलाई मतदान गरेर सांसदमा पुर्याउन र यहाँका समस्याहरूलाई संसदबाट संविधान संशोधन गरी त्यसको जिम्मेवारी आफूले पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

COMMENTS