$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

लिटिल बडी body प्रि स्कुलले वार्षिक खेलकुद कार्यक्रममा विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडलले सम्मानित गरियो प्रमुख अतिथि प्रधानले कम समयमा धेरै उपलब्धि गरेको

बीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानी ट्याङ्कीमा रहेको लिटिल बडी प्री स्कुलले प्याप्सनको ३५ औँ स्थापना दिवसको अवसर पारेर वार्षिक खेलकुद कार्...



बीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानी ट्याङ्कीमा रहेको लिटिल बडी प्री स्कुलले प्याप्सनको ३५ औँ स्थापना दिवसको अवसर पारेर वार्षिक खेलकुद कार्यक्रम सुरु गरेकोमा मङ्गलबार सम्पन्न भएको छ। little body free school लिटिल बडी प्री स्कुलका प्रिन्सिपल विजय बलको सभापतित्व तथा मनकामना बोर्डिङ स्कुलका प्रिन्सिपल तथा प्याप्सन मधेश प्रदेशका उपाध्यक्ष पुरन प्रधानको प्रमुख आतिथ्यमा सो वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको हो।



 प्रमुख अतिथि प्रधानले प्रमाणपत्र तथा मेडल वितरण गर्नुहुँदै यी सासाना नानीहरूको भविष्य उज्वल गर्न र आफ्नो प्रतिभालाई उतार्न सफल पार्ने यस लिटिल body प्रि schoolलाई बधाई तथा शुभकामना दिनुभएको थियो। यस लिटिल body प्रि स्कुलले नानीहरूको भविष्यमा उज्ज्वल पार्न अग्रसर देखाएकोमा शिक्षक शिक्षिका प्रिन्सिपललाई धन्यवाद दिनुभएको छ। त्यसैगरी विशिष्ट अतिथि जीवनज्योति बोर्डिङ स्कुलका डाइरेक्टर एवं प्रिन्सिपल शिवजी गुप्ताले मेडल तथा प्रमाणपत्र वितरण गर्नुहुँदै कम समयमा यस लिटिल बडी प्री स्कुलले धेरै उपलब्धि गरेकोमा आफूलाई खुसी लागेको बताएका छन्। डाइरेक्टर गुप्ताले यी सासाना नानीहरूलाई सांस्कृतिक नृत्य खेलकुद मार्फत अगाडि बढाउने काममा अहम भूमिका खेलिरहेकोमा प्रशंसा समेत गर्नुभएको हो।


 त्यसैगरी सनसाइन बोर्डिङ स्कुलका सञ्चालक एवं प्याप्सन महानगर सचिव अमित आलोकले उक्त वार्षिक खेलकुद कार्यक्रममा प्रमाणपत्र तथा मेडल वितरण गर्नुहुँदै उनले बीरगञ्जमा रहेको यो स्कूलले नमुनाकाे रूप लिन सफल होस् भनेर बताएका हुन्। महानगर सचिव अमित यो लिटिल बडी प्रिस्कुले ३ वर्षको अवधिमा बालबालिकाहरूको चेतनाको विकास ल्याउने काम गरेको बताए। त्यसैगरी हिसान पर्साका उपाध्यक्ष आलोक चौरसियाले बालबालिकाहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गर्दै यस लिटिल body प्रि स्कुलले शिशु क्लास देखि नै बालबालिकाहरूको आफ्नो प्रतिभा देखाउन सक्षम भएकोमा आफूलाई धेरै खुसी लागेको र यसले आगामी दिनहरूमा यो भन्दा पनि धेरै उपलब्धि गरुन् भनेर शुभकामना दिनुभएको छ।साथै उपाध्यक्ष चौरसियाले बालबालिकाहरूको हेरचाह गर्ने वातावरणमा धेरै सुधार देखिएको र यसले विद्यालयले धेरै उपलब्धि हासिल गर्न सफल भएको चौरसियाले बताएका छन्।


 बीरगञ्जमा यस्ता शासना बालबालिकाहरूलाई पढाउने वातावरण कमै मात्रामा भएतापनि यस लिटिल बडी प्री स्कुलले सानासाना बालबालिकाहरूको मानसिक शारीरिक तथा भौतिक वातावरणमा धेरै सुधार गरी अगाडि बढाउने काम गरेको र यसले आगामी दिनहरुमा थप यो भन्दा पनि उपलब्धि गरुन् भनेर उहाँले शुभकामना दिनुभएको छ। पिजी नर्सरी एलकेजी युकेजी का सासाना नानीहरूले विभिन्न खेलकुद तथा नृत्यहरू प्रस्तुत गरेका थिए प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो भएका विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्रले सम्मानित गरिएको थियो।बालबालिकाहरूले विभिन्न खेलकुद तथा नृत्यहरू प्रस्तुत समेत गरेका थिए। लिटिल बडी प्रि स्कुलका प्रिन्सिपल विजय बलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।


 वार्षिक खेलकुद कार्यक्रममा miniland school तथा प्याप्सन महानगर कोषाध्यक्ष सुरज बाबु पटेल little anger boarding स्कुलका प्रिन्सिपल सन्नी पाख्रिन मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव नेपाल innovative society  इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव प्याप्सन जिल्ला कार्य सिमिति सदस्य सुलभ केसी जनभण्डापुर दैनिकका कार्यकारी सम्पादक जगत राई पत्रकार दिपु वर्णवाल शिक्षिका रिया रौनियार लगायतले आआफ्नो शुभकामना दिनुभएको थियो ।


 कार्यक्रममा आइडियल एकेडेमीका प्रिन्सिपल सुमित गुप्ता कराते सङ्घका अध्यक्ष रवि यादव  खुसी श्रेष्ठ अस्मिता थापा रिया रौनिया लक्ष्मी सराफ प्रीति गुप्ता दीपा राई चाँदनी चौधरी अनु सराफ सिताष्मा गुरुङ रेखा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका सदस्य सुप्रिया पौडेलले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण स्वेता गुप्ताले गरेकी थिइन्























COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content