बीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलद्वारा आयोजित जुनियर स्पोर्ट्स सप्ताहको पहिलो दिन पिजीदेखि युकेजीसम्मका...
बीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलद्वारा आयोजित जुनियर स्पोर्ट्स सप्ताहको पहिलो दिन पिजीदेखि युकेजीसम्मका विद्यार्थीहरूलाई विभिन्न खेलकुद कार्यक्रम आयोजना गरी मनाएको छ। मउन मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू विद्यार्थीहरूले प्रस्तुत गरेका थिए। उनले बताएअनुसार विद्यार्थीहरूलाई केवल शिक्षा मात्र नभएर उनीहरूको लागि अतिरिक्त खेलको नृत्य गायन सांस्कृतिक एवं हस्तकला प्रतियोगिताहरू आयोजना गरेर विद्यार्थीहरूमा लुकेका प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले यस्ता अतिरिक्त खेलकुद कार्यक्रमहरूको आयोजना गरिएको प्रिन्सिपल श्रीवास्तवले बताएका हुन्।
सानासाना नानीहरूलाई अध्ययन अध्यापन सँगै अतिरिक्त खेलकुद हरूमा पनि सहभागीता गराएर उनीहरूको रुचिलाई उजागर गर्ने उद्देश्यले यो बोर्डिङ स्कुलले हरेक वर्ष यस्ता खेलकुद कार्यक्रमहरु आयोजना गर्ने क्रममा यो वर्षमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत जुनियर खेलकुद सप्ताको विद्यार्थीहरुलाई विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरिएको बताएका छन्। उनले बताएअनुसार ती सासाना नानीहरूले मनोरञ्जनात्मक तरिकाले विभिन्न खेलहरू मार्फत आआफ्ना प्रतिभाहरू प्रस्तुत गर्ने क्रममा प्रथम द्वितीय र तृतीय र सान्त्वना भएका विद्यार्थीहरुलाई प्रमाणपत्र र मेडलले सम्मानित गरिएको समेत बताएका छन्।













COMMENTS