वीरगंज पर्सा। निजी तथा आवासीय विद्यालय संगठन (PABSON) पर्साको आयोजनामा बिहिबारदेखि सुरु भएको अन्तर–विद्यालय स्तरीय क्रिकेट तथा फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा सम्पन्न भएको छ ।प्रतियोगिताको उद्घाटन डा. उपेन्द्र महतोले गर्नु भएको थियो।, संस्थापक अध्यक्ष, नेपाल मेडिसिटीका संस्थापक अध्यक्ष समेत रहेका महतोले निजी विद्यालयहरू गुणस्तरीय शिक्षा संगै खेलकुद क्षेत्रमा नयाँ आयाम ल्याउने सकिने भन्ने उद्देश्यले पहिलो प्राथमिकता शिक्षा र खेल क्षेत्रमा योगदान पुर्याउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गरेर पठाउने थलोको रूपमा यो प्याप्सनले गर्दै आइरहेको बताएका हुन् उनले भने खेलकुद कार्यक्रमले विद्यार्थीहरूलाई अनुशासन कायम राख्न र स्वास्थ्य र फुर्तिलो राख्न ठूलो मद्दत पुग्ने बताएका छन्। नेपालको शिक्षा विदेशभन्दा धेरै गुणस्तरीय रहेकोले देशको विकास बनाउन हामी आफै लागिपर्ने बताए । उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, मधेस प्रदेशका खेलकुद परिषद् सदस्य सचिव शिवजी गुप्ता, , मधेश प्रदेशको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा PABSON मधेश प्रदेशका अध्यक्ष गणेश साह, CAN केन्द्रिय समितिका सदस्य आयुष श्रेष्ठ, CAN मधेश समितिका अध्यक्ष सुनील महतो, पाब्सन केन्द्रिय समितिका शैक्षिक परिषद सदस्य हरिशंकर साह प्याप्सनका केन्द्रीय सदस्य छेदुप लामा , बिरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत अरविनलाल कर्ण शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछाने, सशस्त्र प्रहरी पर्साका उपरीक्षक मोती भट्टराई प्याप्सनका मधेस प्रदेशका सल्लाहकार मनिपाख्रिन लालबाबु पटेल इमामोदिन अहमद प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव सचिव अमित आलोक हिसानका उपाध्यक्ष आलोक चौरसिया लगायतको उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा विभिन्न शैक्षिक, प्रशासनिक, खेलकुद, पत्रकार तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा आयोजित मार्च पासमा न्यू वेभ एकेडेमीले ४१.३३ अंक प्राप्त गर्दै प्रथम साउथ जोन सेकेन्डरी स्कुलले ३९.६६ अंक द्वितीय, लिटिल एन्जल्स boarding स्कुल ३७.६६ अंकसहित तृतीय, मनकामना स्कुलले ३६.६६ अंकसहित चौथो, मालिनी एकेडेमीले ३३ अंकसहित पाँचौं गौतम स्कुलले ३२.८३ अंकसहित बिकन इङ्लिस स्कुलले ३१.६६ अंकसहित सातौँ स्थान हासिल गरेकाे थियाे उद्घाटन समारोहमा वक्ताहरूले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै शैक्षिक विकाससँगै खेलकुदलाई पनि समान प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
प्रतियोगितामा पर्सा जिल्लाका विभिन्न विद्यालयहरूले क्रिकेट तथा फुटबल विधामा सहभागिता जनाएका छन्। आयोजक PABSON पर्साले यस्ता खेलकुद प्रतियोगितामार्फत विद्यार्थीहरूको प्रतिभा उजागर गर्न तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्य लिएको जनाएको छ। पहिलो खेलमा गुरुकुल एकेडेमी स्कुलाई १० विकेटले हराउँदै सेन्जेभिसले जित हासिल गरेको छ। म्याच अफद म्याच उपाधि शेख अनिसु रहमानले प्राप्त गरेको प्याप्सन सचिव अशोक संग्रौलाले जानकारी दिनुभएको छ।






















COMMENTS