$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्याब्सन t20 नकआउट क्रिकेट प्रतियोगितामा मुनलाइट बोर्डिङ बीरगञ्ज एकेडेमी गोल्डेन विजेता

प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत सातौं दिन तीन खेलहरू सम्पन्न भएका छन्। प्याब्सन पर्साको...



प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत सातौं दिन तीन खेलहरू सम्पन्न भएका छन्। प्याब्सन पर्साको आयोजनामा भइरहेको प्रतियोगितामा सहभागी विद्यालयहरूले उत्साहजनक प्रदर्शन गरेका छन्।

पहिलो खेलमा निर्धारित १५ ओभरको प्रतिस्पर्धामा बीरगन्ज एकेडेमीले हिमालयन पिरामिडलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ रोजेको बीरगन्ज एकेडेमीले ५ विकेटको क्षतिमा १५० रन बनायो। जवाफमा हिमालयन पिरामिड पुरा ओभर खेल्दा पनि ४८ रनमै सिमित रह्यो। यस खेलका म्यान अफ द म्याच बीरगन्ज एकेडेमीका अरबाज अन्सारी घोषित भए।

दोस्रो खेलमा गत संस्करणका विजेता र उपविजेताबीच भएको प्रतिस्पर्धामा मुनलाइट माध्यमिक विद्यालयले विद्यासागर माध्यमिक विद्यालयलाई ४ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको विद्यासागर माविले ८ विकेट गुमाउँदै ९८ रन बनायो। मुनलाइट माविले उक्त लक्ष्य १४ ओभरमा ६ विकेट खर्चेर पूरा गर्दै जित हात पार्‍यो। यस खेलका म्यान अफ द म्याच मुनलाइटका विक्की यादव बनेका थिए।


तेस्रो खेलमा गोल्डेन फ्युचर विद्यालयले एसआर ग्यालेक्सी एकेडेमीलाई ४ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको एसआर ग्यालेक्सी एकेडेमी १२.३ ओभरमै अलआउट हुँदै ५९ रनमा सिमित रह्यो। गोल्डेन फ्युचरले सो लक्ष्य १०.४ ओभरमा ६ विकेट खर्चेर सहज रूपमा पूरा गर्‍यो। यस खेलका म्यान अफ द म्याच गोल्डेन फ्युचरका आयन आलम घोषित भए।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content