पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका नेता अनिल रुंगटाले आज घरदैलो अभियान तथा अन्तरक्रिया कार्यक्रम गर...
पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका नेता अनिल रुंगटाले आज घरदैलो अभियान तथा अन्तरक्रिया कार्यक्रम गर्ने क्रममा बीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपराको धर्मशालामा सम्पन्न भएको छ ।प्रतिनिधि सभा सदस्यका उम्मेदवार रुङ्टाले जित्ने निश्चित आधार रहेकोले इमान्दारीका साथ नेता तथा कार्यकर्ताहरू जनता समक्ष मत माग्न जानु पर्ने अरविन्द सिंहले अपिल गर्नुभएको हो । पर्सा क्षेत्र नम्बर १ का जनताहरूले यसपटक परिवर्तन खोजेको र त्यो परिवर्तनलाई पूरा गर्न रुङ्गटा मात्र एक विकल्प रहेकोले हाम्रो जित सुनिश्चित रहेको दाबी गरे।
उक्त छलफल कार्यक्रममा सांसद उम्मेदवार रुङ्टाले बताए अनुसार यसपटक पर्साबासीले प्रतिनिधिसभा १ बाट नयाँ अनुहार ल्याउने बताएका छन् । हामीले पटकपटक सांसद बनायौं तर हामीले उपलब्धि के पायौ मधेसमा मधेसी दलका नेताहरुले जनताको चाहना अनुसार काम गर्नु भन्दा पनि आफ्नो लक्ष्य र कुर्सीका लागि मात्र मरिहत्ते गर्ने गरेको बताएका छन्। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट निर्वाचित गर्न यसपटक निश्चित रूपमा परिवर्तन हुने संकेतहरू देखा पर्न थालेकोले मतदाताहरूको घरदैलोमा पुगेर मत माग्न सांसदका उम्मेदवार रुङ्टाले उक्त छलफल कार्यक्रममा बताएका छन्।
पर्सा जिल्लामा पनि अहिले चुनावी चहलपहल सुरु भए संगै मतदाताहरूको घरदैलो अभियानमा अहिले विभिन्न वडाहरूमा आफ्नो पक्षमा वातावरण बन्न लागेकोले सोही अनुसार काम गर्नु पर्ने बताएका छन्। यहाँ पद र मन्त्रीको लागि मरिहत्ते गर्ने परिपाटी रहेकोले यस्ता उम्मेदवार संगै मतदाताहरू सचेत रहन आग्रह समेत गरेका थिए। उनले भने सांसद वा मन्त्री मात्रै चाहियो जनताको अपेक्षा अनुसार काम खोइ भएको भन्दै प्रश्न गर्न सांसदका उम्मेदवार रुङ्टाले जनताहरूलाई आग्रह गर्नुभएको थियो।






COMMENTS