$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

साउथ जोन माध्यमिक विद्यालयको १७ औँ सत्रौँ वार्षिक उत्सव समारोहमा भव्य रूपमा सम्पन्न विभिन्न उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानित

साउथजोन माविकाे  १७औँ  वार्षिक उत्सव भव्य रूपमा सम्पन्न विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडलले सम्मानित।। साउथ ...



साउथजोन माविकाे  १७औँ  वार्षिक उत्सव भव्य रूपमा सम्पन्न विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडलले सम्मानित।। साउथ जोन माध्यमिक विद्यालयको १७ औँ सत्रौँ वार्षिक उत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ।

बीरगञ्ज महानगरपालिका वडा नं १३ राधे माईमा रहेको साउथ जोन माध्यमिक विद्यालयले  आफ्नो १७ औँ सत्रौँ  वार्षिक उत्सव समारोहको महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले  दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो। उनले भने विद्यार्थीहरूको भावनालाई अभिभावकले पनि बुझ्न जरुरी रहेको बताए। आफ्ना बालबालिकाहरूले जे विषयमा रुचि राख्छन् त्यही विषयमा ध्यान दिएको खण्डमा उसको भविष्य राम्रो हुने नगर प्रमुख सिंहको भनाइ रहेको छ। त्यसैगरी विशिष्ट अतिथि बीरगञ्ज उद्योग  सङ्घका अध्यक्ष हरि गौतमले बताए अनुसार हामीले आफ्नो बालबालिकाहरूलाई विद्यालयको घरमा मात्र नहुने अभिभावकको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहनुपर्ने बताएका छन् हामीले विद्यालय पठाएर मात्रै नहुने उसले गरेका हरेक गतिविधिलाई अभिभावकहरूले ध्यान दिन जरुरी रहेको अध्यक्ष गौतमको भनाइ रहेको छ। 


वार्षिक उत्सव समारोहमा वडा नम्बर १३ का वडा अध्यक्ष हिरागिरी  प्याप्सनका केन्द्रीय प्रागिक परिषद्का सदस्य डाक्टर हरिशंकर शाह। मधेस प्रदेशका सल्लाहकार मनिपाख्रिन लालबाबु पटेल प्याप्सन मधेस प्रदेशका वरिष्ठ सल्लाहकार श्याम केसी वरिष्ठ उपाध्यक्ष सुशीला शाह कोषाध्यक्ष प्रवीन  चौधरी राजेन्द्र कोइराला प्रकाश थारु प्रकाश उपाध्याय मानव सेवा आश्रमका देवेश मानव एन प्याप्सनका अध्यक्ष राम श्रेष्ठ लगायतले शुभकामना दिनुभएको थियो।साउथजोन माध्यमिक विद्यालयका सञ्चालक एवम् प्रिन्सिपल सरोज प्रसाद चौधरीको सभापतित्वमा वार्षिक उत्सव समारोहसम्पन्न भएको हो। वक्ताहरूले  कम समयमा अभिभावकहरूको मन जित्न सफल भएकोमा हार्दिक शुभकामना दिनुभएको छ। उनले भने साउजोन माध्यमिक विद्यालय यस्तो विद्यालय हो जुन छोटो अवधिमा अभिभावकहरूको मन जित्न सफल भई गुणस्तरीय शिक्षा हासिल गर्न पर्सा जिल्लामा उत्कृष्ट विद्यालयको सूचीमा पर्न सफल हुनु त्यो शिक्षक शिक्षिका एवं प्रिन्सिपलको धेरै नै योगदान रहेको चर्चा गर्नुभएको थियो।


 उनले भने विद्यालयको एक्टिभिटीबाट अभिभावकहरू सन्तुष्टि रहेको र यो सप्ताव्यापी कार्यक्रम अन्तर्गत पहिलो विद्यार्थीहरुलाई विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा वर्षभरि हरेक क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई मेडल प्रमाणपत्रले सम्मानित गरिएको थियो।कार्यक्रम मार्फत प्रथम द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडलले सम्मानित गरिएको थियो। साउजोन माध्यमिक विद्यालयका सञ्चालक एवं प्रिन्सिपल  चौधरीले विद्यालयको यो यात्रालाई समर्पण, निरन्तर प्रयास र सामूहिक सफलताको परिणामले आफू एक्लो नभई विद्यालयका सम्पूर्ण  शिक्षक शिक्षिका लगायत अभिभावकहरूको अमूल्य योगदानबाट आफू यो १७ वर्ष आइपुगेको बताएका हुन् । प्रिन्सिपल चौधरीले बताए अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै अनुशासन र सिर्जनशीलता विकासमा विद्यालयको लक्ष्य रहेकोले विद्यार्थीहरूलाई केवल शिक्षाको ज्ञानले मात्र नपुग्ने भएकोले विद्यालयले हरेक वर्ष खेलकुद, व्यक्तित्व विकास र सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने उद्देश्यले बिधालय लागि परेको बताए। बिधालयले गुणस्तरीय शिक्षा सँगसँगै फुटबल, क्रिकेट भलिबल हस्ताकला चित्रकला वक्तित्व कला तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा विद्यार्थीहरूलाई सक्रिय सहभागिता गराउने काम विद्यालयले गर्दै आइरहेको प्रिन्सिपल चौधरीको भनाइ रहेको छ। प्रिन्सिपल चौधरीले बताए अनुसार अभिभावक, शिक्षक तथा कर्मचारीहरूको निरन्तर सहयोगकै कारण विद्यालय आज १७ औँ वर्षमा प्रवेश गरेको बताए। यो अथक प्रयास गर्नमा विद्यालयका शिक्षक शिक्षिकाहरू सबैभन्दा ठूलो भूमिका रहेको प्रिन्सिपल चौधरीको भनाइ रहेको छ।“शिक्षासँगै खेलकुद, विद्यार्थीहरुको लागि आजको दिन अति आवश्यकता  मेडल तथा प्रमाणपत्रले विद्यार्थीहरूलाई सम्मानित गरिएको हो।











विद्यालयले थप आधुनिक र प्राविधिकयुक्त बनाउँदै विद्यार्थीहरूको आत्मबललाई थप सक्षम बनाउँदै अगाडि बढाउने योजना र आधुनिक शिक्षण पद्धति अझ सशक्त बनाउँदै उत्तरदायी, आत्मविश्वासी र सक्षम बनाउँदै विद्यार्थीहरूको आत्मबललाई अगाडि बढाउने आफ्नो उद्देश्य रहेको बताएका छन्। त्यसैगरी भाइस प्रिन्सिपल अशोक संग्रौलाले बताएअनुसार विद्यार्थीहरूलाई केवल शिक्षा मात्र दिएर नहुने किनभने विद्यार्थीहरू सानैदेखि विभिन्न क्रियाकलपहरूमा अब्बल हुने भएकोले उनीहरू भित्र लुकेका यस्ता प्रतिभाहरुलाई उजागर गर्ने एउटा थलो भनेको निजी विद्यालय मात्रै भएकोले यस्ता विद्यार्थीहरुलाई समाजको अगाडि उभाउन सक्ने खालको वातावरण तयारी गर्न जरुरी रहेको सहायक प्रिन्सिपल अशोक संग्रौलाले बताएका छन् ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content