न्यू वेभ माध्यमिक विद्यालयका छात्र तथा छात्रहरूको इन्टरहाउस ब्याडमिन्टन टुर्नामेन्ट प्रतियोगिता सम्पन्न प्रथम द्वितीय र तृतीहरूलाई प्रमाणपत्...
न्यू वेभ माध्यमिक विद्यालयका छात्र तथा छात्रहरूको इन्टरहाउस ब्याडमिन्टन टुर्नामेन्ट प्रतियोगिता सम्पन्न प्रथम द्वितीय र तृतीहरूलाई प्रमाणपत्र तथा मेडलले सम्मानित गरियो।।बीरगंज महानगरपालिका वडा नम्बर ४ बिर्तामा रहेको न्यु वेभ माध्यमिक विद्यालयमा अध्ययनरत छात्र तथा छात्राहरूको इन्टर हाउस ब्याडमिन्टन प्रतियोगिता आज एक समारोहको बीच सम्पन्न भएको छ। न्यू वेभ माध्यमिक विद्यालयका डाइरेक्टर मेनु प्रधानको सभापतित्व तथा जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक एवं जगत समाचारका सञ्चालक जगत राईको प्रमुख अतिथिमा उक्त इन्टरहाउस ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको हो। प्रमुख अतिथि राईले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा सँगसँगै विद्यार्थीहरूको क्षमता विकास बढाउन यस्ता अतिरिक्त खेलकुद कार्यक्रम आयोजना गर्नाले विद्यार्थीहरूमा लुकेका आफ्ना प्रतिभाहरूलाई देखाउने असर प्रदान गर्नु भनेको धेरै उपलब्धि भएको बताए।
उनले भने विद्यार्थीहरूले शिक्षा सँगसँगै यस्ता ब्याडमिन्टन भलिबल फुटबल क्रिकेट बास्केटबल चेयर्स हस्तकला चित्रकला एवं विभिन्न नृत्य हरु आयोजना गर्नुले विद्यार्थीहरुले आफ्ना प्रतिभाहरुलाई पनि उजागर गर्ने थलो र भविष्यमा आफ्नो लक्ष्य निर्धारण गर्ने माध्यमको रुपमा यस विद्यालयले विद्यार्थीहरूको भविष्य निर्माण गर्ने काममा पनि अहम भूमिका खेलिरहेकोमा आगामी दिनहरुमा पनि यस्ता शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि जोड दिँदै अगाडि बढ्न सुझाव राईले दिनुभएको थियो।
विद्यार्थीहरूलाई शिक्षाले मात्रै नपुग्ने भएकोले शारीरिक मानसिक रुपमा स्वास्थ्य राख्न पनि खेलकुदको अति महत्वपूर्ण रहने भएकोले यो एकेडेमी स्कुलले यस्ता गतिविधि कार्यक्रम गर्नुले विद्यार्थीहरूको भोलिको भविष्य निर्माण गर्नमा अहम भूमिका हुने समेत बताएका हुन्। त्यसैगरी न्यु वेभ माध्यमिक विद्यालयका प्रधानाध्यापक सुभाष प्रधानले विद्यार्थीहरूको भविष्य निर्माण गर्ने एउटा माध्यमको रुपमा निजी विद्यालयले सासाना बालबालिकाहरूलाई अहिलेदेखि नै यस्ता विभिन्न अतिरिक्त क्रियाकलापहरू गर्दै आइरहेको र भविष्यमा पनि यस्ता शिक्षा सँगसँगै खेलकुद तथा अतिरिक्त क्षेत्रमा आफूले पूर्णरूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
इन्टर हाउस ब्याडमिन्टन प्रतियोगितामा विजेता उपविजेता हरूलाई सिल तथा प्रमाणपत्रले विद्यार्थीहरूलाई सम्मानित गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका सचिव दीपक गौतम विद्यालयका डिके शाह सूर्य प्रधान छवेन्द्र चौधरी एवं शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

















COMMENTS