$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

सांसदका उम्मेदवार रुङटा माथि जनताको विश्वास बढ्न थाल्यो विपक्षीहरूको मनमा ढ्याङ्ग्रो ठोकिन थाल्यो।

पर्सा क्षेत्र नम्बर १ बाट सांसदका उम्मेदवार अनिल रुङटालाइ जनताले रुचाउन थालेपछि विपक्षीहरूको  ढ्याङ्ग्रो बस्न थाल्यो सांसदका उम्मेदवार रुङटा...



पर्सा क्षेत्र नम्बर १ बाट सांसदका उम्मेदवार अनिल रुङटालाइ जनताले रुचाउन थालेपछि विपक्षीहरूको  ढ्याङ्ग्रो बस्न थाल्यो सांसदका उम्मेदवार रुङटाले वडा नम्बर ३० मा घरदैलो अभियान तीव्र जनताको अपेक्षा पूरा गर्न आफू तयार रुङ्टा। पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य एवं सांसदका उम्मेदवार नेपाली कांग्रेसका नेता अनिल रुंगटाले वडा नम्बर ३० र १४ तथा अन्य विभिन्न वडाहरुमा घरदैलो अभियान तीव्र पार्दै आएका छन्। सांसदका उम्मेदवार रुङटाले मतदाताहरु अन्तरक्रिया भेटघाट एवं रायसुझाव संकलन गर्ने क्रममा जनताहरूले यसपटक परिवर्तन खोजी रहेका छन् त्यो परिवर्तन र जनताको अपेक्षा अनुसार काम गर्न आफू तयार रहेको बताएका छन्। उनले भने जनताको अपेक्षा भनेको स्वास्थ्य शिक्षा पूर्वाधार कृषि रोजगारी र युवाहरूको लागि दीर्घकालीन व्यवस्थापन गरेर रोजगारमा लगाउनु हो भनेर बताएका हुन। बीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपराको धर्मशालामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रुङ्टाले जित्ने निश्चित आधार रहेकोले इमान्दारीका साथ जनताको अपेक्षा अनुसार अगाडि बढ्नुपर्ने रुङ्टाले घरदैलो अभियानमा बताएका छन्। अब जनतालाई झुटो आश्वासन दिएर केही नहुने भएकोले जनताको घरमा मत माग्न जाँदा त्यस्तो खोक्रो नारा लगाउन सुझाव समेत दिनुभएको छ। सांसद त उम्मेदवार रुङ्टाले आफू स्पष्ट र प्रष्ट समृद्धि र सुशासनको पक्षमा रहने नेता भएकोले जनताहरूले यसमा कुनै शंका नगर्न घरदैलो अभियानमा उहाँले आफ्ना धारणाहरु राख्नुभएको थियो ।


 पर्सा क्षेत्र नम्बर १ का जनताहरूले यसपटक परिवर्तन खोजेको र त्यो परिवर्तनलाई पूरा गर्न रुङ्गटा मात्र एक विकल्प रहेकोले हाम्रो जित सुनिश्चित रहेको दाबी गरे।उक्त छलफल कार्यक्रममा सांसद उम्मेदवार रुङ्टाले बताए अनुसार यसपटक पर्साबासीले प्रतिनिधिसभा १ बाट नयाँ अनुहार ल्याउने बताएका छन् । हामीले पटकपटक सांसद बनायौं तर हामीले उपलब्धि के पायौ मधेसमा मधेसी दलका नेताहरुले जनताको चाहना अनुसार काम गर्नु भन्दा पनि आफ्नो लक्ष्य र कुर्सीका लागि मात्र मरिहत्ते गर्ने गरेको बताएका छन्। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट निर्वाचित गर्न यसपटक निश्चित रूपमा परिवर्तन हुने संकेतहरू देखा पर्न थालेकोले मतदाताहरूको घरदैलोमा पुगेर मत माग्न सांसदका उम्मेदवार रुङ्टाले उक्त छलफल कार्यक्रममा बताएका छन्।



पर्सा जिल्लामा पनि अहिले चुनावी चहलपहल सुरु भए संगै मतदाताहरूको घरदैलो अभियानमा अहिले विभिन्न वडाहरूमा आफ्नो पक्षमा वातावरण बन्न लागेकोले सोही अनुसार काम गर्नु पर्ने बताएका छन्। यहाँ पद र मन्त्रीको लागि मरिहत्ते गर्ने परिपाटी रहेकोले यस्ता उम्मेदवार संगै मतदाताहरू सचेत रहन आग्रह समेत गरेका थिए। उनले भने सांसद वा मन्त्री मात्रै चाहियो जनताको अपेक्षा अनुसार काम खोइ भएको भन्दै प्रश्न गर्न सांसदका उम्मेदवार रुङ्टाले जनताहरूलाई आग्रह गर्नुभएको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content