$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

ज्ञानदा एकेडेमीको १२औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न व्यक्तिहरूलाई सम्मानित गरियो।

 बीरगञ्ज महानगरपालिका वार्ड नं २४ रामगदवा स्थितमा रहेको ज्ञानदा एकेडमी वीरगंजले आफ्नो स्थापना भएको १२ औँ वार्षिकोत्सव एक भव्य समारोहका बीच स...


 बीरगञ्ज महानगरपालिका वार्ड नं २४ रामगदवा स्थितमा रहेको ज्ञानदा एकेडमी वीरगंजले आफ्नो स्थापना भएको १२ औँ वार्षिकोत्सव एक भव्य समारोहका बीच सफलतापूर्वक सम्पन्न गरेको छ । शैक्षिक गुणस्तर, अनुशासन र सर्वाङ्गीण विकासलाई मूल मन्त्र बनाउँदै आएको ज्ञानदा एकेडमीको वार्षिकोत्सव समारोहमा शिक्षा क्षेत्रका व्यक्तित्व, अभिभावक, विद्यार्थी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी कार्यालय वीरगंजका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शान्तिराज कोईरालाले शिक्षा नै समाज रूपान्तरणको मूल आधार भएको बताउनुभयो । उहाँले ज्ञान्डा एकेडमीले शिक्षासँगै नैतिकता, अनुशासन र सामाजिक जिम्मेवारी बोकेको सक्षम नागरिक उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै विद्यार्थीहरूलाई लक्ष्यप्रति दृढ रहन र सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।


ज्ञानदा एकेडमीका अध्यक्ष संदिप तुल्सयानले विद्यालय स्थापनादेखि हालसम्मको यात्रालाई स्मरण गर्दै अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीको निरन्तर सहयोगका कारण विद्यालय आजको अवस्थासम्म आइपुगेको बताउनुभयो । उहाँले आगामी दिनमा अझ गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ज्ञान्डा एकेडमीका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कोईरालाले विद्यालयको शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप र भावी योजनाबारे प्रकाश पार्दै शिक्षालाई केवल पाठ्यक्रममा सीमित नराखी व्यवहारिक, सिर्जनशील र प्रतिस्पर्धात्मक बनाउँदै लैजाने उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, शिक्षा इकाई समिति पर्साका सेक्सन अफिसर विद्यानन्द यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राहुल अग्रवाल लगायतले ज्ञानदा एकेडमीले निजी शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।

वार्षिकोत्सव समारोहलाई अझ आकर्षक बनाउँदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक झाँकी तथा मनमोहक नृत्यहरू प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको प्रस्तुतिले दर्शकहरूको मन जित्नुका साथै कार्यक्रममा उत्साह र रौनक थपिएको थियो ।

कार्यक्रममा विद्यालयकी प्राङ्गिक निर्देशक संध्या बशिष्ठले स्वागत मन्तव्य राख्दै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

समारोहको अवसरमा शिक्षा, सामाजिक सेवा तथा विद्यालयको उन्नयनमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।

समग्रमा ज्ञानदा एकेडमीको १२ औँ वार्षिकोत्सव समारोह शैक्षिक उपलब्धि, सांस्कृतिक प्रस्तुति र भावी प्रतिबद्धता सहित भव्य र प्रेरणादायी रूपमा रहेको र शुक्रबार र शनिबार दुई दिन उक्त वार्षिक उत्सव सञ्चालन हुने सिइओ कोइरालाले जानकारी दिनुभएको छ।  एकेडेमीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न व्यक्तिहरूलाई सम्मानित गरिएको छ।














COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content