बीरगञ्ज महानगरपालिका वार्ड नम्बर ९ मा रहेको जीवन ज्योति सेकेन्डरी स्कुलका सञ्चालक एवं प्रिन्सिपल शिवजीप्रसाद गुप्ताको आफ्नो ममतामयी ज्ञानुदे...
बीरगञ्ज महानगरपालिका वार्ड नम्बर ९ मा रहेको जीवन ज्योति सेकेन्डरी स्कुलका सञ्चालक एवं प्रिन्सिपल शिवजीप्रसाद गुप्ताको आफ्नो ममतामयी ज्ञानुदेवीको सम्झनामा आजदेखि आदर्शनगरमा जुनियर फुटबल प्रतियोगिता सुरु भएको छ। जीवन ज्योति माध्यमिक विद्यालयका सञ्चालक एवं प्रिन्सिपल शिवजी गुप्ताको अध्यक्षता तथा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा उक्त जुनियर फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा सम्पन्न भएको हो। नगर प्रमुख सिंहले पानसमा दीप प्रज्वलित गर्दै उहाँले यो ज्ञानुदेवी मेमोरियल्स जुनियर फुटबल प्रतियोगिता जीवन ज्योतिले आयोजना गर्नुले यहाँका सासाना बालबालिकाहरुलाई शैक्षिक सँगसँगै अतिरिक्त खेलकुदमा पनि धेरै योगदान पुर्याउन सक्ने अपेक्षा आफूले लिएको बताए।
उनले भने वीरगंजको माटोलाई चिनेर जीवन ज्योति स्कुलका सञ्चालक शिवजीप्रसाद गुप्ताले आफ्नो आमाको नामबाट यो खेलकुद प्रतियोगिता आयोजना गरेकोमा आफूलाई धेरै खुसी लागेको बताउँदै खेल क्षेत्रले विद्यार्थीहरूको शारीरिक मानसिक तथा समाज राष्ट्रलाई चिनाउन सक्ने खेलाडीको रूपमा यस्ता ग्रास रुटबाट नै तयारी भएर आएको खण्डमा त्यो धेरै उपलब्धि हुने नगर प्रमुख सिंहको भनाइ रहेको छ। उद्घाटन समारोहमा प्याप्सनका केन्द्रीय सदस्य छेदुप लामा प्याप्सनका मधेस प्रदेशका उपाध्यक्ष पुरान प्रधान प्याप्सनका सल्लाहकार मनि पाख्रिङ अर्का सल्लाहकार लालबाबु पटेल प्याप्सनका महानगर अध्यक्ष राहुल श्रीवास्तव प्याप्सनका महानगर प्याप्सनका उपाध्यक्ष शर्मानन्द कुशवाहा पूर्व अध्यक्ष एवं हिसनका जिल्ला उपाध्यक्ष आलोक चौरसिया प्याप्सन महानगर सचिव अमित आलोक कोषाध्यक्ष सुरज बाबु पटेल जिएचपी स्कुलका डाइरेक्टर ज्याक कौर प्रिन्सिपल रमित कौर लगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरू एवं शिक्षक शिक्षिकाहरूको उल्लेख्ने उपस्थिति रहेको थियो।
ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल प्रतियोगितामा १३ वटा विद्यालयहरूको सहभागिता रहेको छ। कार्यक्रमको स्वागत मन्तव्य जीवन ज्योति स्कुलका सञ्चालिका मिनाक्षी गुप्ताले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।

























COMMENTS