युवा नेता सुशील शाह कानुनको पक्षमा जनलहर उत्रिन थाल्यो राष्ट्रिय स्वतन्त्र पार्टीबाट पर्सा क्षेत्र नम्बर २ बाट सांसद उम्मेदवार सुशील साह कानुले विभिन्न घरदैलो अभियानमा सक्रिय भएर लागेका छन्। पर्सा क्षेत्र नम्बर २ बाट युवा विकास प्रेमी र जनताको हितका लागि आफ्नो उम्मेदवारी दिएको उनले उक्त घरदैलो अभियानमा बताएका छन्। युवा नेता कानुनले बताए अनुसार यसपटक पर्सा क्षेत्र नम्बर २ का जनताहरु परिवर्तनको खोजीमा रहेकाेले त्यही आवश्यकतालाइ जनताले मत दिएर आफूलाई विजय गराउन र जनताको हक हितका निम्ति आफू लड्ने प्रतिबद्धता समेत बताएका छन्। उनले भने हामीले धेरै सांसद र मन्त्री हेर्यौं तर सुशासन विकास समृद्धि कसैले पनि गर्न नसकेकोले त्यही सुशासन समृद्धि र विकासका निम्ति आफ्नो उम्मेदवारी दिएकोले यसपटक सांसदको रुपमा मतदाताहरुले आफूलाई निर्वाचित गराएर सांसदमा प्रवेश गराउन उक्त घरदैलो अभियानमा अपिल गरेका छन् ।
उनले बताएअनुसार युवाहरूको मत र अहिलेको परिवर्तनको मूलभूत आधार पनि युवा नै आवश्यकता रहेकोले आफ्नो उम्मेदवारी त्यही परिवर्तनको धारमा रहेकोले विजय गराउन घरदैलो अभियानमा सांसदका उम्मेदवार कानुले बताएका हुन् । हामीले वर्षौंदेखि त्यही सांसद र त्यही मन्त्री मात्र पाएको तर हाम्रो क्षेत्रको कुनै पनि दीर्घकालीन विकास योजनाहरू अहिले पनि अलपत्र परेकोले यसपटक आफूलाई मत दिएर सांसदमा प्रवेश गराउन जनताहरूको समक्ष अपिल समेत गरेका छन्।
म युवा हो काम गर्ने क्षमता छ। म बोल्दिन मलाई एकपटक मत दिएर देखाउन आग्रह गर्दै आफू वडा नम्बर १० को वडा अध्यक्ष हुँदा पनि वडाका निम्ति धेरै विकास निर्माण कार्यहरू आफ्नो कार्यकालमा सफल भएको उदाहरणहरू रहेको समेत उक्त घरदैलो अभियानमा बताएका थिए।











COMMENTS