नेपाल टेलिकम नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २२ औँ वार्षिक उत्सव समारोह आज नेपाल टेलिकमको निर्देशनालय श्रीपुर वीरगञ्जमा भव्य रुपमा सम्पन्न भएको छ। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय बीरगञ्जका निर्देशक कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ। वार्षिक उत्सव समारोहमा वक्ताहरुले अहिले विभिन्न ठाउँहरूमा फोरजी को समस्या भइरहेकोमा त्यसलाई कसरी चाँडोभन्दा चाँडो समस्याको समाधान गरेर ग्राहकहरुसम्मक्ष आत्मविश्वास बढाउन जरुरी रहेको बताएका छन्। निजी कम्पनीहरूले ग्राहकहरूलाई फोरजी सेवाले धेरै नै सेवारो उपलब्ध गर्दै आइरहेको र त्यसको साथसाथै विभिन्न चौराहरूमा निःशुल्क सेवा समेत प्रदान गर्दै आइरहेकोमा नेपाल टेलिकमले आफ्नो गुणस्तरीय सेवालाई समयमै सुधार गर्न अति आवश्यक रहेको धारणा राखेका थिए। नेपाल टेलिकमका व्यवस्थापक एवं सञ्चालकहरू समयमा आफूहरूलाई सुधार गर्न अति आवश्यक रहेको र टेलिकम भित्र केही आर्थिक अनियमताहरू समेत हुने गरेकोले त्यस्ता अनियमितता गर्नेहरुलाई तुरुन्त छानबिन गरी कारबाही गर्न पनि उनीहरुले माग गरेका थिए।
अहिले नेपाल विद्युत प्राधिकरणमा जसरी एकजना इमान्दार व्यक्तिको कारण सम्पूर्ण व्यवस्थापक नै सुधार भएको जगजार रहेकोले नेपाल टेलिकममा पनि त्यस्तै इमान्दार र सुधार गर्ने कर्मचारीको अति आवश्यकता रहेको भनेर उक्त वार्षिक उत्सवसमारोहमा वक्ताहरुले आफ्नो गुनासो राखेका थिए। निजी कम्पनीहरूले अहिले एनटिएले मनपरी हटस्पोटहरु निःशुल्क वितरण गर्नुले नेपाल टेलिकमले आफ्नो गुणस्तरीय सुधार गर्न अति आवश्यक रहेकोले बेलामा व्यवस्थापक र सञ्चालकहरू नसुध्रे टेलिकम घाटामा जाने उनीहरुले चेतावनी समेत दिएका थिए ।
सञ्चालक र व्यवस्थापकको आसेपासेहरूलाई मात्र बढुवा गर्ने प्रविधिले अन्य कर्मचारीहरूमा वर्षौं बढुवा नहुने प्रविधिले काम गर्ने मनोबल खस्कन गएकोले त्यसो नगर्न समेत सुझाव दिएका छन् । फोरजी सेवा चाँडोभन्दा चाँडो सुचारो गर्न अति आवश्यक रहेको धारणा राखेका थिए। वार्षिक उत्सव समारोहमा नेपाल टेलिकमका प्रबन्धक आनन्द लामिछाने उपप्रबन्धक का प्रा. दूरसञ्चार कम्पनी बीरगञ्जका मनिषकुमार गुप्ता उप प्रबन्धक अमितराज सत्याल उपप्रबन्धक सुशील सजेल एनटिसी डब्लुयु प्रादेशिक समितिका अध्यक्ष सुजित कुमार कुशवाहा ant का अध्यक्ष प्रदिप राज पाण्डे n e on n t प्रादेशिक समितिका अध्यक्ष सुरेश प्रसाद कुर्मी लगायतले आआफ्नो धारणा एवं शुभकामना दिनुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य सुशील अधिकारीले गर्नुभएको थियो।







COMMENTS