सगरमाथा सेकेन्डरी स्कुलका विद्यार्थीहरू दुारा फुट फेस्टिवल प्रदर्शन अभिभावकहरूले प्रशंसा गरेका छन् विद्यालयले विद्यार्थीहरुलाई शिक्षा सँगसँ...
सगरमाथा सेकेन्डरी स्कुलका विद्यार्थीहरू दुारा फुट फेस्टिवल प्रदर्शन अभिभावकहरूले प्रशंसा गरेका छन् विद्यालयले विद्यार्थीहरुलाई शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा संलग्न गराउने काम गरेकोमा विद्यालय परिवारलाई धन्यवाद। बीरगंज महानगरपालिका वार्ड नम्बर १२ मुरलीमा रहेको सगरमाथा सेकेन्डरी स्कुलका विद्यार्थीहरूले विभिन्न २० प्रकारका खाना महोत्सव अथार्त फुट फेस्टिवल प्रदर्शन गरेका थिए। सगरमाथा सेकेन्डरी स्कुलका प्रिन्सिपल जीयालाल साहको अध्यक्षता तथा नेशनल लघुवित्त संस्था लिमिटेडका मेनेजर दयानन्द साहको रिबन काटेर उद्घाटन गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै साहले बताए अनुसार हामीले आफ्नो बालबालिकाहरूलाई शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि जोड दिए उनीहरूले आफ्ना उदेश्य प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्।
त्यसैगरी सगरमाथा सेकेन्डरी स्कुलका प्रिन्सिपल जीयालाल साहको भनाइ अनुसार विद्यार्थीहरूलाई शैक्षिक गुणस्तर वृद्धि संगसँगै यस्ता विभिन्न प्रकारका खेलकुदहरू तथा अतिरिक्त क्रियाकलापहरूमा संलग्न गराउन महत्वसम्पूर्ण आवश्यकता रहेको बताएका छन्। उनले बताएअनुसार विद्यार्थीहरूलाई केवल शिक्षाको ज्ञानले मात्र नहुने धारणा राख्नुभएको छ। विद्यालय विद्यार्थीहरुलाइ शिक्षकहरूले आफ्नो इच्छा बुझ्न जरुरी रहेको बताए ।
खाना महोत्सवमा अभिभावकहरूले समेत उक्त खाने कुराहरुका परिवारहरूको स्वाद लिएका थिए। फुट फिस्टेबल कार्यक्रममा एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम विनय चौरसिया मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव प्रमोद साह मेधराज आलम एन प्याब्सन महानगर कोषाध्यक्ष परिणाम प्रसाद लगायत तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो ।









COMMENTS