$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्याप्सन टि-२० क्रिकेट प्रतियोगिता सनलाइट र मुनलाइट फाइनलमा प्रवेश

  वीरगन्ज । प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा मुनलाईट मावि र सनलाईट मावि प्रवेश गरेका छन्। पहिलो सेमिफाइनल खेलमा स...

 

वीरगन्ज । प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा मुनलाईट मावि र सनलाईट मावि प्रवेश गरेका छन्।

पहिलो सेमिफाइनल खेलमा सेन्ट जेभियर्स र मुनलाईट मावि आमनेसामने भएका थिए। टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट जेभियर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ८० रन जोड्न सक्यो। सेन्ट जेभियर्सका ब्याट्सम्यानहरू मुनलाईटका बलरहरू अगाडि खुलेर खेल्न सकेनन्।

८१ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको मुनलाईट माविले १३।१ ओभरमै ६ विकेट गुमाएर ८४ रन बनाउँदै ४ विकेटको सहज जित दर्ता गर्‍यो। यस जितसँगै मुनलाईट मावि प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो। मुनलाईट यसअघि पनि प्रतियोगिताको नवौँ संस्करणको उपाधि जितिसकेको टोली हो। खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत मुनलाईटका दिलराज यादव ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यस्तै, दोस्रो सेमिफाइनल खेल सनलाईट मावि र गोल्डेन फ्युचरबीच सम्पन्न भयो। टस जितेर पहिले ब्याटिङ रोजेको सनलाईट माविले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो। सनलाईटका ब्याट्सम्यानहरूले संयमित ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए।

जवाफमा ब्याटिङमा उत्रिएको गोल्डेन फ्युचर ९६ रनमै अलआउट भएपछि सनलाईट मावि १६ रनले विजयी भयो। उक्त खेलमा सनलाईटका सागर रौनियार उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए।

अब प्रतियोगिताको उपाधिका लागि मुनलाईट मावि र सनलाईट मावि माघ २४ गते शनिबार दिउँसो १ बजे वीरगन्जस्थित टीबी साह क्रिकेट मैदानमा आमनेसामने हुनेछन्।


यसअघि सोही दिन बिहान ८ बजे तेस्रो स्थानका लागि सेन्ट जेभियर्स र गोल्डेन फ्युचरबीच प्रतिस्पर्धा हुने प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए।


त्यसैगरी, माघ २३ गते शुक्रबार क्वाटरफाइनलबाट बाहिरिएका गौतम मावि र मनकामना मावि तथा वीरगन्ज एकेडेमी र डिएभी स्कूलबीच हुने खेलका विजेताहरूबीच प्लेट च्याम्पियनसिप उपाधिका लागि प्रतिस्पर्धा हुने सचिव संग्रौलाले बताए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content